बुसान, कोरियालि महान चाड सलनालको पहिलो दिन (27 जनवरी 2017) किरात राई यायोक्खा बुसान द कोरियाले कोरियाको दोस्रो ठूलो शहर बुसानमा बृहत् मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम गर्ने भएको छ । कोरियाको राजधानी सौलमा यस्ता ठुला सास्कृतिक कार्यक्रमहरु नियमित भैराखेता पनि बुसानमा भने कमै मात्रामा हुने गर्दछन । यसै बिचमा 2015 मा स्थापना भइ बिगतका केही ठुला कार्यक्रमहरु सम्पन्न गराउन सह आयोजक रुपमा आफुलाइ उभ्याइसकेको किरात राई यायोक्खा बुसानले यो पल्ट भने आफ्नै आयोजनामा यो बृहत् हार्यक्रम गर्न लागेको हो।
यस कार्यक्रमका लागि सकेसम्म बुसानमा रहेका नेपाली दर्शक स्रोताहरुको रुचि र रोजाइलाई ध्यान दिदै भरपुर मनोरन्जन दिन सक्ने ख्याती प्राप्त कलाकारहरु छनौट गरिने र कलाकार छनौटको लागि छल्फल भैरहेको साथै केही दिनमै कलाकारहरु कन्फर्म हुने कुरा किराया बुसानका अध्यक्ष आनन्द राईले जानकारी गराएका छन ।
यस कार्यक्रमलाई सफल बनाउनको लागि बुसान, किम्हे,उल्सान, थेगु, आसपासमा रहेका सन्चार कर्मी, सघ सस्था, बुद्दिजिबी, ब्यावसायी, बिधार्थी लागायत सम्पुर्ण नेपालीहरुलाई सहयोगको लागि आयोजकले हार्दिक अपिल गरेको छ ।