तमु च्यह ल्हो ल्होछारको तयारी पूरा, आइतबार सबैलाई निम्तो


सोल ,

तमु धीँ दक्षिण कोरियाले आयोजना गर्न लागेको तमु च्यह ल्होछारको तयारी पूरा भएको छ । तमु जातिको महान साँस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष आयोजना गर्दै आईरहेको धीँले ल्होछार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।

ल्होछारको तयारीबारे जानकारी गराउँदै तमु धीँका अध्यक्ष प्रदीप गुरुङले यसपाली ल्होछार कार्यक्रम भब्य हुनेमा आशावादी ब्यक्त गरे । अघिल्लो ल्होछारको तुलनामा यो वर्ष ल्होछार कार्यक्रममा विभिन्न तमु मौलिक साँस्कृतिक प्रस्तुतिहरुको साथमा सुविधासम्पन्न हलमा आयोजना गर्न लागिएको जानकारी गराए । प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग)को स्वागत गर्दै मनाउन लागिएको ल्होछार नेपालमा पन्ध्र पुसको दिन मनाए पनि विदेशमा तिथि नमिल्नले पायक परेको दिनमा मनाईदै आईरहेको छ ।

तमु मौलिक संस्कृतिको सोरठीँ नृत्यलाई विशेष रुपमा प्रस्तुत गर्ने योजनामा रहेको जानकारी गराउँदै साँस्कृतिक संयोजक सतिश गुरुङले भनेू तमु जातीभित्र लोकप्रीय सोरठीँ नृत्यको विशेष प्रस्तुतिसंगै यो वर्षबाट कोरियामा क्रियाशिल जातिय संस्थाहरुले हरेक वर्ष दुईरदुई समाजको दरले मौलिक संस्कृति झल्किने झाँकी प्रस्तुति दिने ब्यवस्था मिलाइएको बताए । यो वर्ष मगर संघ र तामाङ संघले तमु ल्होछारमा साँस्कृतिक प्रस्तुति दिने गुरुङले बताए ।

नेपाली स्वादिष्ट दिवा भोजको ब्यवस्था पनि रहेको ल्होछार कार्यक्रम जनवरी १ तरीकामा छोङ्गरोगु छाहामुन्रोको एडब्लु कन्भेन्सन सेन्टरमा हुनेछ । कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने भएकोले कोरियामा क्रियाशिल संस्थाहरु, गुरुङ एवं गैर(गुरुङ सबैलाई उपस्थित भैदिनु तमु धीँ कोरियाले आग्रह गरेको छ ।

कार्यक्रम हुने स्थल र जाने तरिका निम्न

स्थान :- 03021 울특별시 종로구 자하문로255 (부암동162-3)
AW Convention Centre , seoul

समय :- दिनको १२ बजे देखि

जाने तरिका :-
लाइन नम्बर १ छोङ्गरो ओ गा को गेट नम्बर ४ देखि बाहिरीएर १२० मिटर अगाडि पाइने बस न ७२१२ चढेर सुरुङ पार गर्ने बित्तिकै हारिमगाम बस स्टेशनमा ओर्लिने र त्यहाँ राखिएको way arrow फ्लो गर्दै आउन सक्नु हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...