डिप्रेशनबाट बच्न यी उपाय उपनाउनुहोस


सोल – व्यस्त दैनिकी जिउने मानिसका लागि तनाव सामान्य कुरा हो । जिन्दगीमा आउने उतार चढावका कारण पनि मानिस तनावमा रहन्छन् । तर, यदी तनाव लामो समय रह्यो भने मानिसलाई डिप्रेशन हुनसक्छ

डिप्रेशनको यकिन कारण पत्ता नलागेपनि यसका सहायक कारण भने थुप्रै छन् । केही बानी सुर्धाने हो भने डिप्रेशन कम हुनसक्छ । भारतीय साइकोलोजिस्ट डाक्टर अनामिका पापडीवाल डिप्रेशनबाट बच्न यि ५ कारण पत्ता लगाएर यसको समाधान खोज्नुपर्ने बताउँछिन् ।

 

 

१ खानामा ज्यादा कार्बोहाइडेट लिनु डिप्रेशनको कारण

 

चिप्स कुकीज, सोडा जस्ता खानाले तपाईको स्वास्थ बिर्गानुका साथै डिप्रेशन निम्त्याउन सक्छन् । थुप्रै अनुसन्धानले यसको पुष्टि गरिसकेको छ । ज्यादा रिफाइन्ड कार्बोहाइटेडले थकाईसँग डिप्रेशन बढाउँछ । यसले रगतमा सुगरको मात्रा अचानक घटाएर मानिसलाई कमजोर बनाउँछ । साथै हर्मोनमा पनि परिवर्तन ल्याउन सक्छ । त्यसैले नियमित सागपात खाएर यस्तो अवस्थाबाट मुक्ती पाउन सकिन्छ । तपाई सिजनल फलफूल र तरकारी धेरै खानुहोस् र चिप्सजस्ता कार्बोहाइडेट पाइने पदार्थ कम खानुहोस् । दैनिक कुनै न कुनै फलफूल खानाले पनि डिप्रेशनमा कमी आउँछ ।

 

 

 

२ न्युज धेरै हेर्ने बानी

 

मानिसलाई देश दुनियाँको खबर हेर्न मनलाग्छ । तर सधैँ समाचार हेर्ने र सुन्ने बानी पनि डिप्रेशनको कारण हो । बिहानैदेखी बेलुकीसम्म मारपिट, हत्याहिंसा, आविश्वास लगायतका खराब समाचार सुन्नाले हाम्रो सोच पनि नकारात्मक हुन्छ । त्यसैले सधैँ समाचार हेर्ने र पढ्ने बानी त्याग्नुहोस् । हेडलाईन्स थाहा पाउन बिहान पत्रिका पढ्ने वा केही न्युज पोर्टल हेर्ने गर्नुहोस्। यसबाहेक दैनिक एक घण्टा टिभीमा समाचार हेर्दासम्म खास फरक पर्दैन ।

 

 

 

३ सामाजिक सञ्जालको अत्याधिक प्रयोग

 

फेसबुक जस्ता समाजिक सञ्जालले मानिसलाई दैनिक जीवनमा जोड्न महत्वपूर्ण भूमिका खेल्छन् । तर, यस्ता समाजिक सञ्जालले विकृती समेत बढाउँछ । अत्याधिक रुपमा समाजिक सञ्जालमा झुम्मिने बानी परेकाहरु आफ्ना साथिभाईलाई समय दिन भ्याउँदैनन् । त्यसपछि साथीभाईसँगै नै दूरी बढ्न थाल्छ । मानिसहरुलाई अरुसँग बोल्न त्यति मन गर्दैनन् र कन्फिडेन्स घटेपछि डिप्रेशनतर्फ जान्छ । आफ्नो समयलाई असर नपर्ने गरि मात्रै सामाजिक सञ्जालको प्रयोग गर्नुहोस् । त्यस्तै अरुसँग आफ्नो तुलना गर्न कम गर्नाले पनि डिप्रेशन घटाउँछ ।

 

 

४ व्यवस्थापनको काम गर्नाले

 

कोलम्बिया युनिर्भसिटीको एक अध्ययनले बताएअनुसार कर्पोरेट कल्चरमा काम गर्ने सुपरभाइजर तथा म्यानेजर सबैभन्दा धेरै तनावमा हुन्छ । जबकी उनीहरुभन्दा तल्लो तहमा काम गर्नेलाई तनाव कम हुन्छ । विज्ञहरुका अनुसार जिम्मेवारीले पनि तनाव बढाउँछ । व्यवस्थापनसँग जोडिएको जागिरमा अत्यावश्यक निर्णय लिनुका साथै आफ्नो टार्गेट पुरा गर्नुपर्ने दबाब हुन्छ । त्यसैले तनाव बढ्छ । यस्तो तनावबाट बँच्नका लागि रणनिति बनाएर सिस्टम अनुसार काम गर्नुपर्छ । त्यस्तै दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म अभ्यास गर्नाले पनि तनाव घटाउन भूमिका खेल्छ ।

 

४ व्यवस्थापनको काम गर्नाले
सधैँ काममा जोडिनु राम्रो विषय हो । तर कार्यालयमा आफ्नो क्षमताभन्दा बढीको जिम्मेवारी लिने व्यक्तिहरु पनि तनावमा हुन्छ । उनीहरुलाई लगातार काम गर्नुपर्छ जसले गर्दा शरीर तथा दिमागमा अनावश्यक तनाव बढ्छ । निश्चित समयपछि त्यस्तो गर्ने व्यक्तिको क्षमता समेत घट्दै जान्छ । यसको निवारणका लागि कार्यालय होस् वा घर त्यति नै काम गर्नुहोस् जति तपाईको क्षमता छ । त्यस्तो काम नै रोज्नुहोस् जून तपाई सहज ढंगबाट गर्न सक्नुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...