कोरियामा पहिलो पटक दुर्घटना तथा स्वास्थ्य उपचार बीमा


वैदेशिक रोजगारीको लागी कोरियामा झण्डै ४०,००० नेपाली श्रमिकहरु कार्यरत छन् । हरेक जसो महिना कुनै न कुनै नेपाली श्रमिक विरामी परि अस्पताल भर्ना गरिएको र उपचार खर्चको अभावमा चन्दा संकलन भैरहेको समचार आईरहन्छ । कार्यरत कम्पनीले स्वास्थ्य इन्स्युरेन्स नगरिदिएकोले वा काम गर्दा गर्दैको बीमा बाहेक अन्य बीमा नहुने भएकोले नेपालीहरु नै एक आपसमा सहयोग गरिरहेको भेटिन्छ । सामाजिक अगुवाहरु विरामीको स्वास्थ्य उपचारको लागी खटिएको देखिन्छ । मानविय भावना र आपसी भाईचाराको लागी यस्ता कदमहरु सदैब प्रशंसायोग्य नै हुन्छन् । तर पनि आजको २१औं शताब्दीको यो सभ्य समाजमा के जीवन जस्तो अमुल्य बस्तुलाई चन्दा मा नै चल्न दिन सकिन्छ त ?

मान्छे जन्मे पछि मर्नु कटु सत्य हो । तर बांचुन्जेल मान्छे बांच्न नै चाहन्छ । हर प्रकारको समस्या, रोग वा विमारी संग मुकाबिला गरेर मान्छे बांच्न चाहन्छ । जीवन बांच्नु नै हरेक मानवको अन्तिम लक्ष्य र स्वाशत सत्य हो । यस धर्ती आकासमा मात्र एक चोटी प्राप्त गरिने यो सुन्दर जीवनलाई मान्छे मागेर बांच्ने बनाउन चाहंदैन । त्यसैले जीवन चन्दा बन्नु हुन्न, बनाईनु हुन्न । जीवनलाई चन्दा त जोगीहरुले पो बनाउदछन् जो संग सांसारिक मोह, माया, लोभ, लालच केहि हुन्न । दैवी प्रकोप, मानवीय क्षती, गरिवी, असक्षमता, असमर्थता तथा धर्मकर्मको लागी चन्दाको आप्mनै महिमा छ तर सानो सावधानी र बुद्धिमानी कदमले आप्mनो यो सुन्दर जीवनको स्वास्थ्य उपचारको समस्यालाई तुरुन्त सम्बोधन गर्न सकिने बाटो हुंदा हुंदै आफ्नो यो सुन्दर जीवनसंग किन खेलवाड गर्ने ?

आजको यस आधुनिक समयमा निर्जिव बस्तुहरुको समेत बीमा अपरिहार्य भएको छ । हामीले चद्ने गरेको कार, बाईक, हामी बस्ने गरेको घर वा फ्ल्याट, हामीले प्रयोग गर्ने बस्तुहरु सबैको बीमा अनिबार्य गरिने गरिन्छ । हाम्रो बालीनाली वा पशुपंछी को समेत अनिबार्य बीमा गरिने समयमा बांचिरहेका छौं हामी । हामीले प्रयोग गर्ने समयको समेत बीमा हुने गर्दछ । तर हामी हाम्रो आफ्नो जीवनलाई किन यति सस्तो ठान्छौ ? यसको उत्तर हो या त हामी संग कुनै वित्तीय ज्ञान नै छैन या त हामी जीवनलाई सस्तो ठान्छौं या त हामी हाम्रो उपचार अरु कसैको चन्दाले गरिदेला भन्ने सोच्छौं वा मगन्ते बानी छ हाम्रो ।

कोरिया एक औद्योगिक देश हो । यहांको उद्योग धन्दाहरुमा सदैब पेशागत खतराहरु विद्यमान हुन्छन् नै । यहांको वातावरण पनि औद्योगिक प्रदुषणले ग्रस्त छ । नेपाल बाट कोरिया बसाई सर्दा खाना, समय, काम र वातावरण मा ठुलो परिवर्तन हुन्छ नै, यसले स्वास्थ्यमा प्रतिकुलता थपिदिन्छ । सडक तथा सवारी ज्ञानको अभावमा सडक तथा सवारी दुर्घटनामा पर्ने डर रहन्छ । यहां जाडो समयमा अत्यन्त जाडो हुने हुंदा सुत्ने स्थानका झ्याल, ढोकाहरु बन्द गरि हिटर वा बोईलर बाली सुत्ने हुंदा अक्सिजनको अभावमा दुर्घटना हुन सक्दछ । गर्मीको समयमा पनि एसी अत्यधिक लगाई झ्याल, ढोकाहरु बन्द गरि सुत्नाले अक्सिजनको अभावमा कुनै भवितब्य पर्न सक्दछ । अल्कोहल उपभोगलाई संस्कार वा बानी संग परिपुरक बनाई सेवन गर्नाले पनि स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । हामी आफैमा पनि केहि दिर्घ रोग वा अन्य रोगहरु हुन सक्दन् वा कुनै त्यस्ता रोगहरुको सिकार बन्न सक्दछौं । त्यसैले हाम्रो जीवन विभिन्न कोणहरु बाट सधै खतरा उन्मुख रहन्छ ।

यसको साथै हामीले काम गर्ने कम्पनीहरुले स्वास्थ्य बीमा वा दुर्घटना बीमा नगरिदिने चलन पनि ब्यप्त छ कोरियामा । बीमा गरे पनि कम्पनीमा कार्यरत रहने ड्युटी समय मात्र समाहित हुने तर ड्युटी भन्दा बाहिर कहि कतै केहि भैहालेमा त्यसको जिम्मेवारी बीमा कम्पनीले नलिने हुन्छ । तर हाम्रो जीवनको जिम्मेवारी सबै भन्दा पहिले हामी संग नै हुन्छ । अरु कसैले हाम्रो जीवनको वा हाम्रो स्वास्थ्य को बीमा गरिदेला भनि आसा गर्नु सबै भन्दा मुखर्तपुण कार्य हुन जान्छ । विमारी भै हालेमा उपचारको लागी पनि यस्ता खाले बीमा अति आबस्यक छ । कोरियामा उपचार महंगो छ । भवितब्य केहि परेमा ठुला रोग वा दुर्घटनाबाट हुने क्षतिको उपचार गराउन आर्थिक रुपमा हामी सबल हुन सक्दैनौं । अब फेरि हामीलाई चन्दाको भर पर्नु पर्ने हुन्छ । माथी भनि सकियो जीवन चन्दाले चल्दैन । हामीले हाम्रो स्वास्थ्य र जीवनमा आई पर्न सक्ने विभिन्न खाले विमारी र दुर्घटनालाई आर्थिक रुपमा सम्बोधन गर्नको लागी जीवन बीमा तथा दुर्घटना बीमा गराउने बानीको विकास गराउनु पर्दछ । अहिलेको समयको सबैभन्दा टड्कारो माग यही हो । प्रति महिना एक सानो रकमले विभिन्न खाले दुर्घटनाको कांरण भविष्यमा हाम्रो स्वास्थ्य र जीवन माथी आई पर्न सक्ने आर्थिक समस्यालाई हल गर्न सकिन्छ ।

कोरियामा यस्ता बीमा कम्पनी तथा संस्थाहरु छन् जसले कोरियामा कार्यरत विदेशी मजदुरहरुको जीवन तथा स्वास्थ्यमा आई पर्न सक्ने दुर्घटना, विमारी, रोग तथा उपचारको लागी बीमा गर्ने गर्दछन् । उदाहंरणको लागी केडिबी लाईफ सबै भन्दा अगाडि छ । यसले पहिलो पटक कोरियामा विदेशी मजदुरहरुको लागी स्वास्थ्य उपचार र दुर्घटना बीमाको शुरुवात गरेको छ । यो कोरियाको विश्व विख्यात बैंक केडिबी बैंकको बीमा कम्पनी हो जसमा २७,००० वोन प्रति महिना तिरेर ५० हजार यु. एस्. डलर सम्मको दुर्घटना बीमा गर्न सकिन्छ । विभिन्न रोगहरुको उपचारमा समेत यसले सहयोग प्रदान गर्दछ । साधारण छाला सर्जरी देखी ब्रेस्ट सर्जरी, हाडको उपचार, नसाको उपचार, मृगौला उपचार, मुटु रोग उपचार, फोक्सो, कलेजो तथा पित्त थैली रोगको उपचार आदि सम्मको यसले बीमा प्रदान गर्ने गर्दछ ।

केडिबी बैंकको यस बीमा कम्पनीको बीमा अबधी ५, १० र १५ बर्षको लागी भएता पनि मात्र १० बर्ष सम्म प्रिमियम तिरे पुग्दछ र बांकी ५ बर्ष तिर्न नपर्ने नियम छ । ४ बर्ष १० महिना अबधिको लागी आउने विदेशी कामदारहरु यस बाट बढी लाभान्वित हुने देखिन्छ । साधारणतया यस्ता दुर्घटना तथा स्वास्थ्य उपचार बीमा हरु नन् रिफन्डेबल हुने भएता पनि केडिबी लाइफले ४ बर्ष १० महिना कोरियामा बिताएर स्वदेश फर्कने मजदुरहरुले आफुले जम्मा गरेको बीमा रकमको लगभग ५० प्रतिशत रकम फिर्ता गर्दछ । उक्त्त फिर्ता रकममा उपचार खर्च समाबेश गरिने छैन ।

आज नेपालमा समेत बीमालाई अत्यन्तै महत्यको साथ हेर्ने शुरुवात गरिएको छ । जीवनबीमा नगरि वैदेशिक रोजगारीको लागी नेपाल बाहिर जान नेपाल सरकारले प्रतिबन्ध नै लगाएको छ । अब म्यादी जीवनबीमा तथा जीवनबीमा गर्नको लागी नेपाली बीमा कम्पनीहरुलाई विदेश मै सेवा दिने सहमती नेपाल सरकारले प्रदान गरिसकेको छ । नेपालको ९ वटा जीवनबीमा कम्पनीहरु मध्ये सबै भन्दा ठुलो र नेपालीहरुको मात्र लगानीमा स्थापित नेपाल लाईफ इन्स्युरेन्स कम्पनीले अब विदेशमा रहने नेपालीहरुको जीवनबीमा सेवा सुरु गर्दैछ ।

कोरियाको सन्दर्भमा विभिन्न खाले दुर्घटनाहरु हुने हुंदा दुर्घटना तथा उपचार बीमा गराउनु अत्यन्तै बुद्धिमानी हुनेछ । केडिबी लाईफले प्रदान गर्ने यो बहुसेवा भएको दुर्घटना तथा उपचार बीमाको बारेमा नेपाली मजदुरहरुलाई जानकारी हुन आबस्यक छ । जुनसुकै देशको मजदुरहरुले यो बीमा सेवामा सहभागी हुन पाउने छन् । नेपाली मजदुरहरुको लागी केडिबी लाइफले नेपालकै याक एण्ड यती मनी ट्रान्सफर कम्पनीलाई कोरियाको बजार प्रतिनिधी तोकेको छ । यसको लागी नेपाल बाट उक्त्त कम्पनीका ४ प्रतिनिधीहरु कोरिया आई सकेका छन् ।

केडिबी दुर्घटना तथा उपचार बीमाको लागी कोरियामा सम्पर्क ः

Dr. Yam Khatri 010 5548 8815

Mrs. Song Young-soo 010 5810 5772

Mrs. Dayoung Song 010 8705 3355

Mrs. Jin Noh 010 3687 3407

Mr. Sudin Paudel 010 6469 9320

Ganesh Gurung 010 2143 0542

Tara Mangol Thapa 010 2143 2908

 

5th Floor, KDB Life Tower, 372 Hangangdaero, Yonsan-Gu, Seoul

Phone : 02 6388 7457

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...