कोरियामा तमु ल्होसारको तयारी


सौल, कोरियामा तमु जातिको महान सांस्कृतिक पर्व तमु(लोला) ल्होसारको तयारी पूरा भएको छ । कोरियामा रहेर विभिन्न पेशाव्यवसायमा आवद्ध रहेका स्याङजाली तमुहरुको संस्था स्याङजा तमु समाजले यहि २४ तारिख शनिबार तमु ल्होसार मनाउन लागेको हो । बेलुकी ८ बजे दोङदेमुनस्थित लक्ष्मी रेष्टुरेन्टमा गर्ने हुने उक्त कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी गराउदै समाजसेवी युवराज गुरुङले यसपाली बाँदर(प्रल्हो) वर्गको बिदाइ र चरा(च्यहल्हो) वर्गको स्वागत गरिने ल्होसार स्याङजाली तमुहरु एकठाउँ भेला भइ मनाउन लागिएको बताए ।

प्रवासमा ल्होसारको तिथिमिति नमिल्ने कारणले स्याङ्जा तमु समाजले डिसेम्बर २४ तारिख नेपालमा ल्होसारको तिथि अगावै मनाउन लागिएको स्याङ्जा भिरकोट आर्थर तमु समाजका अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । स्याङ्जाली तमुहरुले यसपालि सामुहिक रुपमा ल्होसार मनाउन आग्रह गरेकोले त्यसैअनुरूप सामुहिकरुपमै ल्होसार मनाउन लागिएको उहाँले जानकारी गराए ।
कार्यक्रमलाई भब्य बनाउन विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको छ । तमु ल्होसार आयोजक समितिको संयोजकमा सम गुरुङलाई चयन गरिएको छ । खाना ( रोटी विशेष ) ब्यवस्थापनमा युवराज, बिपना, मञ्जु र ललिता , पच्यु चिवाबाट रुपा लगाई स्याईँ स्याईँ ,रोधीँ ब्याण्ड ब्यवस्थापन संयोजक दिलिप गुरुङ, साउण्ड सिस्टम र हल ब्यवस्थापन  युवराज, लेसन र नर कुमार, अतिथि ब्यवस्थापनमा नर कुमार र युवराज,  स्वागत ब्यवस्थापनमा हरि माया,दिब्या, धनु, माया, आर्थिक संकलनमा देवेन्द्र ,सागर र विक्रम, कार्यक्रम सञ्चालन धन र जीवन कुमारी, पोष्टर डिजाइनमा लेसन, प्रचारप्रसारमा बोम्जन र लेसन र साँस्कृतिकमा सतिश गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
ल्होसार कार्यक्रमलाई भिन्नै किसिमले मनाउने सोचका साथ कोरियाको चर्चित ब्याण्ड रोधीँ लाईभ प्रस्तुतिसंगै रोधीं बस्ने ब्यवस्था गरिएको छ । तमु जातिको लोपोन्मुख रोधीँको झझल्को दिलाउने प्रयास हाम्रो रहनेछ रोधीँ ब्याण्डको संयोजक दिलिप गुरुङले बताए । त्यसैगरी ल्होसारको अर्को विशेष पच्यु चिवाको हातबाट रुपा लगाई स्याईं स्याईँ गर्दै टीका ग्रहण गर्ने ब्यवस्था गरिएको तमु ल्होसार संयोजक सम गुरुङले  बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...