कोरियाको नेपाल हाउस किन पक्षपाती हँ…..?


कोरियामा रहेर कलम चलाउने नेपालीहरु औलामा गन्न सकिने छन । त्यस मध्य समसामयिक बिषय बस्तुमा कलम चलाउन माहिर मानिने डोलु आले मगरले आज बिहान नै ” कोरियाको नेपाल हाउसलाई तोकेरै “नेपाल हाउस किन पक्षपाती हँ ….? भनेर एउटा स्टाटस राखे । दुई बर्ष अगाडि निकै महत्वाकांक्षी योजनाका साथ नेपाल हाउस निर्माण गर्न प्रचार प्रसार गरिएको थियो । आकर्षक नाराका साथ गरिएको प्रचार प्रसार र प्रबासमा भोग्नु परेको आबासिय पीडा सम्झेर होला प्राय सबै नेपालीहरु नेपाल हाउस निर्माणका लागि सहयोग गर्न तत्पर भए र खुलेर सहयोग गरे ।
तर अहिले कोरियामा रहेका नेपालीहरु नेपाल हाउस ब्यबस्थापन समितीसग रुष्ट बनेका छन । सङकलित रकम, प्रचार प्रसार र नेपाल हाउसको अहिलेको अबस्था हेर्दा कसैको चित्त बुझेको पाइन्न । बास्तबमा नेपाल हाउस कस्तो बन्यो, कहाँ छ र सामन्य मजदुरका लागि यो कसरी प्रयोग हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । तर जस्ले नेपाल हाउस देख्छन एक पटक जिब्रो टोक्छन आफैलाइ धिकार्छन । डोलु आले मगरको यो स्टाटसले आज दिन भर नेपाल हाउसको सम्झना गरायो । साथै नेपाल हाउस प्रती आएका कमेन्टहरु एकपटक हेरौ ।
सामाजिक सन्जालमा निकै छाइरहने र सामाजिक कार्यमा पनि उत्तिकै सकृय रहने एल.बि श्रेष्ठको कमेन्ट यस्तो छ ” त्यो अलपत्रै भयो हौ ।२० करोड उठाएको कता हो कता ? ढोकाभरी बिजुलिको बिल झुन्डिएको छ पैसा नतिरेर करन्ट छैन । ब्यबस्थापन कमिटी एकदमै लापरबाही भयो ।पहिलो नियम अनुसार एन आर एन एन कोरिया नै नेपाल हाउस ब्यबस्थापन कमिटी रहे पनि हालको NRNA कोरियालाइ त्यो जिम्मा दिइएको छैन । NRNA कोरिया अबैधानिक जस्तै हो । अघिल्लो कार्यकालको साधारण सभाले लेखा पास नगरी अधिबेशन गराइ नयाँ कमिटी बनाएको छ । मलाइ लाग्छ अझै हिसाब किताब क्लियर छैन ।३०/३५ लाख पैसा त एउटा ब्यक्तिले झ्वाम पारेको छ अन्तर्राष्ट्रिय स्तरमा फैलिएको कानुनी रुपमा बैधानिक तवरबाट सन्चालित संस्थाको यस्तो हालत छ । निर्बाचन कमिटीले यस्को जिम्मा लिनु पर्छ किन कारबाही गरेन ? किन यस्तो मनोमानी हिसाबमा जथाभावी छोडियो ? यस्तै कारणले यो अलपत्र छ अलपत्र भएकै हो । भनेर एल बि श्रेष्ठले कमेन्ट गरेका छन ।
त्यस्तै निमेश कुमार ओलि ले ” नेपाली परिबेश झल्कने नेपाली टाइपको घर बन्छ ।नेपालीहरु कोरिया आउदा नेपाल हाउस नभेटी फर्कने छैनन ।नेपाली सस्कृती बोकेको नेपाल हाउस घुम्न कोरियनहरु कति कति आउछन हेर्नुहोला भन्ने सुनिन्थ्यो बाइ पैसा उठाउदा….। भनेर ब्यङ्य गर्दै कमेन्ट गरेका छन ।
त्यस्तै जीवन सासन्करले ” भष्ट्रचार बिरुद्द सचेत युबाहरु एक हुनु पर्यो ।कोरियामा संघसंगठनका नाममा भएको लुटपाटको भन्डाफोर जरुरी देख्छु। त्यसै मध्यको एउटा ज्वलन्त उदाहरण नेपाल हाउस पनि हो भन्दै कडा कमेन्ट गरेका छन । कोरियामा नेपाल हाउस हुनु र नहुनु को कुनै अर्थ देखिएन भन्दै निश्चल पौडेलले नेपाल हाउस आबश्यक नरहेको भान ब्यक्त गर्दै कमेन्ट गरेका छन । सामाजिक कार्यमा उत्तरदायित्व हुन ध्यानाकर्षण गराउदै ओम सागर घर्ती ले ” सामाजिक कार्यको लागि स्थापित सामाजिक घर सबैको साझा हो । त्यो कुनै ब्यक्तिको पेवा हैन ब्यबस्थापन समिति यसको उत्तरदायी हुने कि नहुने भन्दै प्रश्न गरेका छन ।
नेपाल हाउस निर्माणका लागि नेपाली श्रमिक हरुले बढाबढ मा सहयोग गरेका कुरालाइ सम्झदै बलराम पुलामी मगर ले ” सबै नेपालीले सिलालेखमा नाम लेखाउन सहयोग गरेका थियौ नि…. भन्दै” कमेन्ट गरेका छन । भने बि एम के बिबस ले “फितको ब्यबस्थापन को पराकाष्ठा” भन्दै ब्यबस्थापन समितिलाई दोश देखाएका छन ।
त्यस्तै छल्लानाम्दो ख्वान्जुका प्रकाश रेग्मिले ख्वाङ्जुबाट एक करोड भन्दा संकलन गरेर रकम बुझाएकोमा अहिले पस्चताप लागि रहेको बताउदै कमेन्ट गरेका छन । रेग्मी एन आर एन क्षेत्रीय सचिब समेत हुन । अरु त परै जाओस एन आर एन ए कोरियाको उपाध्यक्ष लक्ष्मी गुरुङ ले समेत ” कुरा गर्यो कुरैको दुख जो बोल्यो त्यही छुच्चो” भन्दै कमेन्ट गरेर त्यहा बोल्न नसकिने स्थिती प्रष्ट पारेकी छन । नेपाल हाउसमा प्रबाशी नेपाली श्रमिकहरुको पसिना रहेको भन्दै “सिपि ओलिले नेपाल हाउस कसैको पेवा होइन भन्दै कमेन्ट मा आक्रोश पोखे । नेपाल हाउस मा कार्यक्रम गर्न पैसा लाग्दैन भन्ने सोचेकी जेजु नेपाली समाज कि अध्यक्ष शुभद्रा लिम्बू पालुङहवाले अचम्म मान्दै ” नेपाल हाउसमा कार्यक्रम गर्न पैसा लाग्छ र” भन्दै अचम्म मानेर कमेन्ट गरेकी छन ।
मेरो आफ्नै नेपाल हाउस अनुभव गत सेप्टेम्बर १५ तारिकका दिन नेपाल हाउस मा एउटा कार्यक्रम आयोजना गरिएको थियो कार्यक्रमका लागि नेपालबाट अति बिशिस्ट अतिथिलाइ निमन्त्रणा गरिएको थियो । कार्यक्रमको बारेमा नेपाल हाउस ब्यबस्थापन समितिलाइ पहिल्यै जानकारी सहित कार्यक्रमको लागि नेपाल हाउसको हल भाडा केही हप्ता पहिल्यै हस्तान्तरण गरिएको थियो । कार्यक्रम १५ तारिक बेलुका ५ बजे देखि शुरु गर्ने तालिका रहेको थियो । तर बिडम्बना नेपाल हाउसको चाबी फेला पार्न सकिएन । चाबी कोसग हुन्छ ? भन्ने पत्ता लगाउन धेरै मुश्किल पर्यो ।निकै समय पश्चात् चाबी एन आर एन महासचिब दिपक पुन ज्युसग हुन्छ भन्ने खबर पाइयो । दिपक पुन सरलाई यो पंक्तिकार स्वयम्ले धेरै पटक फोन सम्पर्क गर्दा पनि उहाको फोन रिसिभ भएन।त्यो सगै चाबी पाउ भन्दै दर्जनौ म्यासेज पठाए रिप्लाइ आएन ।पछि थाहा भयो चाबी महासचिब ज्युको रेस्टुरेन्टमा हुन्छ । तोङ्देमुनमा रहेको नाङ्लो रेस्टुरेन्ट तर्फ लागियो तर त्यहाका एक कर्मचारीले दिपक सर कार्यक्रममा जानू भएको भन्ने जानकारी दिए ।अन्त्यमा अनेक प्रत्यन पश्चात् बेलुकी ७ बजे तिर चाबी पाइयो र हतारमा कार्यक्रम गरियो ।
यसो भन्दै गर्दा नेपाल हाउस प्रती मेरो आक्रोश हैन र नेपाल हाउस उहाँहरुले मात्र हेरबिचार गर्नु पर्छ भन्ने पनि हैन नेपाल हाउस हामी सबैको साझा घर हो हाम्रो आत्मा हो ।तर ब्यबस्थापकिय जिम्मेवारिका हैसियतले यस्ता त्रुटिहरुको भागिदार उहाहरु नै हुनुहुन्छ । 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...