कोरियन फूटबल क्लबमा नेपाली युवाको उत्कृष्ठ प्रदर्शनी


सोल

एकाडेमी स्तरको फुटबल प्रतियोगिताहरुमा एक नेपाली युवाले दक्षिण कोरियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन । सिन्हंग फुटबल एकेडेमीबाट खेल्दै आएका मनिष डाँगीले ७० भन्दा बढी खेलमा ४५ गोल गरेका छन । सिन्हंग फुटबल एकेडेमीको घरेलु मैदान दोंग्दचौंनमा डाँगीले अभ्यास खेलहरु खेल्दै आएका छन ।

बिद्यालय स्तरको प्रतियोगिताबाट उत्कृष्टलाई कोरियाको राष्ट्रिय लिगमा खेल्नका लागि छनौट गरिने प्रावधान छ । कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई के लिग भनिन्छ । साताको छ दिन बिहान एक र साँझ दुइ घण्टा प्रशिक्षण हुने गरेको डाँगीले बताए प्रशिक्षण कोरियाका पुर्व खेलाडी र फिफामा अनुबन्धित भएका प्रशिक्षकहरुले दिने गरेको डाँगीले जानकारी गराए । प्रत्येक सनिबार बिद्यालय स्तरको हुने छुमाल लिगमा पनि डाँगी खेल्दै आएका छन ।

बिद्यालय स्तरको प्रतियोगिताहरुमा छुमाल लिगलाई महत्वका साथ हेर्ने गरिन्छ । एक साता लामो छनौट चरण पार गरि छानिए पश्चात उनि बिगत दुइ बर्ष देखि उक्त एकाडेमीबाट खेल्दै आएका छन । डाँगीले कोरियाका एकडेमी स्तरको प्रतियोगिता साथै चिन र जापानका एकाडेमी स्तरका खेलहरुको प्रतिस्पर्धामा पनि सहभागी भएका छन । डाँगी अग्रपंक्तिबाट खेल्दै आएका छन । एकडेमीले खाना बस्नको पूर्ण व्यवस्था सहित डाँगीलाई अनुबन्ध गरेको छ । अभ्यासका क्रममा खेलाडीहरुलाई भौतिक सुबिधाहरु फिटनेस सेन्टर,स्विमिंग पुल तथा रिकोभरी सेन्टरको व्यवस्था भएको उनले बताए ।

जाडो र गर्मि बिदाको समयमा एक महिनाको लागि एकडेमीले फुटबल अभ्यासका अन्यत्रका शहरमा खेलाउने गरिएको छ । कोरियन फुटबलमा आवद्ध एकडेमीहरु मध्य सिन्हंग फुटबल एकेडेमीलाई माथिल्लो स्तरको एकाडेमीका रुपमा पनि लिने गरिन्छ । राष्ट्रिय टिमका फुटबल खेलाडी किम दु हयून सिन्हंग फुटबल एकेडेमीका उत्पादन हुन । १५ बर्षिय डाँगीले नेपाल रहेको समय जेम्स स्कुलमा अध्ययन र खेल अघि बढाएका थिए । माध्यमिक तहमा अध्ययन गर्दै गरेका डाँगीका बुबा कोरियामा रेस्टुरेन्ट व्यवसाय गर्छन ।

dangi-1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...