कतारमा कामदार सरकारी स्तरमै पठाइने


चन्द्रशेखर अधिकारी
काठमाडौ-कतारमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदा ‘बिचौलिया प्रथा’ अन्त्य गरी सरकारीस्तरमै कोटा तोकेर कामदार पठाउने प्रणाली लागू गर्न गृहकार्य थालिने भएको छ ।

नेपाल र कतारका उच्च अधिकारीबीचको छलफलमा सरकारीस्तरमै कामदार पठाउने तयारी अघि बढाउन दुवै सहमत भएका हुन् । कतारका श्रम तथा समाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बिन साहिफ अल खुलाइफी र नेपाली अधिकारीबीचको छलफलमा सरकारीस्तरमा कोटा निर्धारण गरी कामदार पठाउने प्रणाली थाल्ने सहमति भएको हो ।

सरकारी स्तरमा सम्भव नभए निजी क्षेत्रबाटै निःशुल्क नेपाली कामदार पठाउन दुईपक्षीय प्रणाली विकास गर्ने विकल्पसमेत दुई देशबीच छलफल भएको जानकारी वार्तामा सहभागी एक अधिकारीले दिए । ती अधिकारीका अनुसार नेपाल भ्रमणमा रहेका कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा. अल खुलाइफीले प्रधानमन्त्रीसँगको भेटका क्रममा कामदारले बुझाउँदै आएको शुल्क र कतारमा रहेका कामदारको अवस्था सुधारको विषयमा छलफल भएको थियो ।

‘कतारमा आउने कामदारले कत्ति पनि शुल्क बुझाउनु पर्दैन,’ भन्दै कतारी मन्त्रीले नेपाली कामदारले किन शुल्क बुझाउन बाध्य भइरहेका हुन् भन्नेबारे छानबिन गरी तत्काल बिनाशुल्क कतार आउने अवस्था सिर्जना गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले यसमा जनशक्ति पठाउने मुलुकको पनि भूमिका महत्त्वपूर्ण रहने भन्दै यसका लागि नेपाल सरकारले चासो नदिए गाह्रो पर्नेसमेत बताए । प्रधानमन्त्री कोइरालाले ग्रामीण भेकका सोझा गरिब युवालाई यसरी ठगेर लैजाने बिचौलियालाई रोक्न दुवै सरकारले मिलेर काम गर्नुपर्ने भन्दै कतार सरकारले यस्ता विषयमा ध्यान दिन कतारी मन्त्रीलाई आग्रह गरेका थिए ।

मन्त्री अल खुलाइफीले सीधा रूपमा दुई सरकारबीच सहकार्य र समन्वय गरेर यस्तो कार्य रोक्न सकिने बताएका थिए । भेटमा सँगै रहेका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङतर्फ देखाउँदै प्रधानमन्त्रीले भने, ‘तपाईंले यो क्षेत्र बुझ्नुभएको छ । यस्तो बेथिति रोक्ने तयारी अघि बढाउनुहोस् ।’ प्रधानमन्त्रीले जसरी दक्षिण कोरियामा नेपाली कामदार जाने गरेका छन् त्यहीअनुरूपको प्रणाली बसाउनसमेत उनले निर्देशन दिएका छन् ।

कतारी मन्त्रीले नेपालमा असल र जेहेनदार जनशक्ति भएको उल्लेख गर्दै त्यस्ता कामदारलाई कतारले सधैं स्वागत गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्रीले नेपाल-कतार सम्बन्ध, कतारले गरेको आर्थिक उन्नति र नेपालको आर्थिक सामाजिक विकासका सम्बन्धमा छलफल गर्दै नेपालको पर्यटन, जलस्रोत र कृषिमा लगानी गर्न कतारी मन्त्रीलाई आग्रह गरे । शान्तिको बाटोमा अघि बढेको नेपालले विकास प्रक्रियासमेत अघि बढाएको हुँदा यसमा निश्चिन्त भएर आउन उनले आग्रह गरेका हुन् ।

विश्वको सबभन्दा उच्च प्रतिव्यक्ति आय भएको कतारले आयोजना गर्न लागेको सन् २०२२ को विश्वकप फुटबल खेलका लागि समेत अहिलेको भन्दा थप जनशक्ति आवश्यक पर्ने भन्दै यो वर्ष मात्र पनि एक लाख ५० हजार नेपाली जनशक्ति आवश्यक भएको बताए । प्रधानमन्त्रीले नेपालीहरू जान तयारै छन्, तर उनीहरूको सेवा सुविधामा कतारले ख्याल गरिदिनुपर्ने बताए । उनले सन् २०२२ को विश्वकपको सफलताको शुभकामना पनि दिए ।

कतारले नेपाली श्रमिकलाई रोजगारी दिएको प्रसंग उठाउँदै उनले श्रमिकका लागि स्वास्थोपचार र बिमामा कतार सरकारले अवलम्बन गरेको नीतिको प्रशंसा गरे । यसले अरू मुलुकलाई पनि यी सुविधा दिन प्रेरित गर्ने प्रधानमन्त्रीको धारणा थियो । कतारी मन्त्रीले सोमबार राष्ट्रपति रामवरण यादवलाई पनि भेट गरेका थिए । राष्ट्रपतिको कतार भ्रमणका बेला भएको छलफल र त्यसपछिको अवस्थाबारे कुरा भएको थियो ।

मंगलबार र्फकने कतारी मन्त्री सोमबार भेट सकेलगत्तै धुलिखेल पुगेका थिए । उनी होटेल द्वारिकाको रिसोर्टमा पुगेर केहीबेर आराम गरेका थिए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...