एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


फोनिज कोरिया संवाददाता
सुवन

प्रवासी मजदुर संगठन (एमटियु)को नव सदस्यहरुलाई स्वागत गर्दै युनियनको गतिबिधीको मुल्याकन र भावी कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गत आइतबार (जनवरी १५तारिख )सम्पन्न भएको छ ।

केसीटियुको ख्यंगी क्षेत्रिय कार्यालय सुवनमा सो कार्यक्रम सम्पन्न भएको हो । कोरियामा प्रवासी मजदुरको स्थितिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा गत वर्षको गतिविधी बारे विश्लेषण र भावी योजना बारे छलफल गरिएको थियो । साथै नयाँ सदस्यहरुलाई स्वागत गर्दै एक अर्कामा शुभकामना आदनप्रदान गरिएको थियो ।
कार्यक्रममा मजदुर संगठनको गतिबिधि बारेमा जानकारी गराउदै अध्यक्ष उदय राईले इपिएस अन्तर्गत प्रवासी मजदुरको अधिकार खोसिएको ले वार्क परमिट सिष्टमको लागु गर्नुपर्नेमा जोड दिए ।

एमटियुको बरिष्ट उपाध्यक्ष सेक आल मामुनले कोरियामा प्रवासी मजदुरहरु बिभिन्न किसिमको शोषण दमनमा परेको छन् । यसको बिरुद्दमा सबै एक जुट हुर्नेमा आग्रह गरे । एमटियुमा संगठित हुन साथै गतिबिधीमा सहभागी भईदिनु हुन आह्वान समते गरे ।

कार्यक्रममा एमटियु प्रचार प्रसार बिभाग प्रमुख मधुसुदन ओझाले
गलत नीतिको कारण कम्पनीमा भोग्नु परेका बिभिन्न किसिमको समस्याहरु सहि र स्थाई समाधानकोलागि मजदुर संगठनमा एकजुट भएर आवाज उठाउनुपर्ने बताए । डब्लुपीएस लागु गराउन प्रवासी मजदुर हामीबाटै मात्र सम्भब छ भन्दै यसकोलागि एकजुट हुनु पर्ने आग्रह गरे ।

यसै क्रममा बंगलादेशको प्रवासी मजदुर सेक रहमानले एमटियुले बिगतमा मजदुरको निमित्त धेरै संघर्ष गरेको जानकारी गराए ।

कार्यक्रममा एमटियुको आउदो मार्च महिनादेखि सउल ख्यंगी क्षेत्रमा न्यनततम ज्याला बृदि ,डब्लुपीएस लागु, बिबिन्न भिषामा काम गरिरहेको सबै प्रवासी मजदुरको समय समाधानमा सरकरले पहल गर्नु पर्ने माग गर्दै जुलुस लगायतको बिभिन्न कार्यक्रम गर्ने जानकारी पनि गराएका थिए ।

साथै सदस्य बृदि गर्ने कार्यलाई तिब्र गर्ने ,नया परानो सदस्यलाई मजदुर संगठनको बारेमा नियमित प्रसिक्षण दिई सक्रिय कार्यकर्ता बृद्दी गर्ने पारीत गर्दै कार्यक्रम समापन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...