अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया,क्षेत्र न. १ ले अधिवेशन गर्दै


बुसान, विकास र निकास दिने मुल नारा लिएर पछिल्लो समयमा उदाएको एक उदयमान पार्टी हो नयाँशक्ती नेपाल पार्टी । कोरीयामा रहेको यही पार्टीको भातृसंगठन अर्थात भगीनी संस्था “अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरिया” अन्तर्गत – क्षेत्र न. १, बुसानले आफ्नो प्रथम अधिवेशन गर्ने भएको छ । यो क्षेत्रिय अधिवेशन २०१७-०१-१५ तारीक आइतबारको दिन किम्हे शहरमा हुने भएको छ ।

नेपाली दुर्गा रेष्टुरेन्टको ठिक अगाडी रहेको किम्हे सिजांको दोङ कफी सप (Dong Coffee Shop) भवनको चौथो तलामा दिनको १२ बजे गरिने जानकारी दिइएको छ । गत मिति २०१६-१२-२७ का दिन बसेको अन्तरिम क्षेत्रिय परिषदको बैठकद्वारा अधिवेशनको मिति तोकिएको हो । अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरिया, केन्द्रिय समितिको अधिवेशन समेत आउदो सलनालमा राजधानी सौलमा हुने भएकोले सो अगावै सम्पूर्ण क्षेत्रको अधिवेशन सम्पन्न गर्नु पर्ने भएकोले क्षेत्र न. १ अर्थात पहिलो क्षेत्रले अन्य क्षेत्र भन्दा पहिले नै आफ्नो अधिवेशन गर्न लागेको हो ।

दक्षिण कोरियामा रहेका सबै ६ वटै क्षेत्र तथा २ उप-क्षेत्रहरुले क्रमश गर्ने बुझिएको छ । उक्त अधिवेशनलाइ सभ्य तथा भब्य तरीकाले सफल बनाउनको लागी यस क्षेत्रका निवर्तमान संयोजक बेलमान थापा को संयोजकत्वमा अधिवेशन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु समेत बनाइएको जानकारी सो क्षेत्रका इन्चार्ज तथा अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य निश्चल पौडेलले जानकारी गराएकोछ ।

अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी पनी आयोजकले बताएको छ । यो पहिलो क्षेत्रको प्रथम अधिवेशनमा उपस्थितिभइ कार्यक्रमको सोभा बढाइ दिनहुनको लागि यस क्षेत्र अन्तर्गत ( किम्हे, बुसान, यांसान, मिर्याङ,नोक्सान,..आदी) रहेका सम्पूर्ण बुद्धिजीवी, विद्यार्थी, पत्रकार, व्यवसायी, श्रमिक तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुलाइ मुल आयोजक कमिटीले हार्दिक अनुरोध पनी गरेको छ । देश-विदेश जहाँ भए पनी नेपाल र नेपालीको हितमा काम होस, एक होस सबैको भावना साथै कार्यक्रम सफलताको शुभकामना ~~।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...