अनलाईन वेभ टि.भीले कोरियामा म्युजिकल इभ गर्ने


फोनिज कोरिया संवाददाता
सउल

अनलाईन वेभ टेलिभिजनले आफ्नो दोस्रो वार्षिकीत्सवको अवसरमा आगामी जनवरी १४ तारिक शनिबारको दोइ०देमुन स्थित लक्ष्मी रेष्टुरेन्टमा “अनलाईन वेभ टिभि म्युजिकल इभ २०१७ गर्ने भएको छ।

“श्रष्टा र कलाकार हाम्रो शान, प्रवासमा पनि कला र प्रतिभाको गरौँ सम्मान” भन्ने मूल नाराको साथ कार्यत्रक्र गर्न लागिएको हो । कोरियामा रहेका नवप्रतिभा कलाकार र सर्जकहरुको कला र प्रतिभालाई उजागर गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रममा गीत, संगीत, नृत्य, गजल तथा कविताको प्रस्तुति रहने छ।

कोरियामा बढ्दो नेपालीहरुको संख्या संगै विभिन्न कला र प्रतिभावान व्यक्तिहरु पनि बढ्नेक्रममा छन् । बिशेष त कोरियामा मजदुरीको लागि आएको हुदा बर्षौ भरि लगातार काम गरिरहनु पर्ने, आफ्नो कला र प्रतिभालाई गुम्स्याएर बस्नु पर्ने बाध्यता छ । आफु संग भएको कला र प्रतिभाहरु देखाउने अनुकुल बातावरण र अवसर नपाएर निराशा भएका व्यक्तिको लागि अनलाईन वेभ टिभिले सुनौलो मौका दिलाएको छ ।

कोरियाको प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा संचालन हुने कार्यक्रममा आफ्नो कार्यकाल ४ वर्ष १० महिना पुरा गरि नेपाल फर्कन लाग्नुभएका अनलाईन वेभ टि भीको प्रबन्ध निर्देशक तथा बहुप्रतिभाशाली व्यक्तित्व ऐश्वर्य श्रेष्ठ र अनलाईन वेभ टिभीकै चर्चित भिजे सपना सुनुवारलाई सम्मान तथा बिदाई पनि गरिने छ।

नोट :-
यदि तपाई संग कुनै कला र प्रतिभा छ भने यो कार्यक्रममा खुलेर प्रस्तुत गर्न सक्नु हुनेछ जसको लागि चाडै सम्पर्क गर्दिनु होला।

सम्पर्क
उमेश राई -०१०५९५०२८७५
बाबु साईला -०१०९५६८९९०७
मेघ प्रसाद वाइबास्(०१०५९५४९७०४
नेत्र पौडेलस्(०१०२३८५८८०४
उमेश घिमिरेस्(०१०४९९६०४१९
सन्दीप पाण्डेस्(०१०२६८७५६४०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...