प्रबासमा मानसिक तनाबको ब्यबस्थापन नै प्रमुख समस्या


नेपालीहरुको बाध्यता भनौ परदेशी नभएसम्म जिबिको पार्जन गर्न गाह्रो छ, अर्को शब्दमा भनौ लाग्छ की हामी जन्मेकै परदेशमा दुख गर्नलाई हो त्यसैले उखान पनी बनाइएको छ “छोरा भएर जन्मे पछी एकपल्ट देश बिदेस खानै पर्छ”। राजनैतिक स्थाइत्व नहुनु नै देशको प्रमुख समस्या हो भने अर्को तिर लगनशिल युवाहरुको उत्पादन बजारको ग्यारेन्टी नहुनुले पनी युबालाई बिदेशले आकर्षण गर्ने कारण बनेको छ।
सबैको एक सपना हुन्छ म बिदेस जान्छु काम गर्छु र तन्न पैसा कमाएर मोज गर्छु। पुरा होलान नहोलान आफ्नो ठाउमा छ तर बिदेशिनु अगाडी नै हामी ठुल्ठुला सपना मनमनै बुनिरहेका हुन्छौ र जुन स्वभाबिक नै हो। तरपनी देखेका सपनाहरु र देखाइएका सपनाहरु परदेशमा जादा भताभुङ्ग बन्ने गर्छ हल्ला गरिएजस्तो काम सेवा सुबिधा नहुनु त्यहाको रहन सहन र सस्कृती भिन्न हुनु भाषाको समस्या आदीले गर्दा नसोचेको दुख एकसाथ आइपर्छ र एउटा कलकलाउदो उत्साहको कोपिला बोकेर गएको युबाको जोश फक्रिनै नपाई ओइलिन बाध्य बन्छ।
परदेशको ठाउ काम सजिलै भएनी हामिलाई भाषाले गर्दा गाह्रो बनाइदिन्छ सजिलै कुरापनी यो गर भन्दा हामिले भाषा नबुझेर अर्को गर्न पुग्छौ त्यसले थप गाली कुटाई तथा दुर्ब्यब्यबहारहरु सहन पर्ने अबस्था आइपर्छ र अर्को कुरा बिदेशमा गैसकेपछी बिदशी हो भनेर कुकुरले पनी चिनेर हेप्न थाल्छ भने मानिसको कुरा नगरौ !
बिदेशी कामदारलाई कती सकिन्छ पेलेरै राख्न पर्छ भन्ने मान्यतामा रहन्छन साहु र कम्पनी संचालकहरु हामी नेपालीहरुमा सहन शक्ती अलिक कम नै हुन्छ इट्टाको जबाफ पत्थरले नफर्काउदासम्म हामिलाई चित्त बुझ्दैन तर परदेशमा त्यसो गर्न सकिदैन त्यहाको कानुनले पनी बिदेशीलाई भन्दा स्वदेशिलाई नै प्राथमिकतामा राख्छ। नेपालमा हामी खुला आकासमा घुमिरहेको मान्छेलाई यो पिंजडामा थुनेर राखे भन्दा पनी बेसी हो यी यस्ता बिभिन्न कारणहरुबाट परदेसिएको मानिसलाई डिप्रेसनले सजिलै आक्रमण गर्ने गर्दछ। नेपालबाट भन्ने गरीन्छ बाबु तेरो काम केहो? जबाब आउछ काम त फलानो हो तर एकदम गाह्रो छ। अनी प्रतिउत्तर आउछ नेपालबाट, जाबो त्यस्तो सजिलो काम रैछ त्यती पैसामा त म आनन्दले गर्थे! तर यो जबाफ दिनेलाई थाहा हुदैन काम भन्दा गाह्रो त्यहाको भाषा हो।
परदेशिने मान्छेहरु रहरले परदेशी हुदैनन बाध्यता हुन्छ ती बाध्यतामा परदेशीएकाहरुलाई परिवार एबम आफन्तले सधै माया र हौसला दिइरहनु पर्छ जसले उसलाई एक्लो आभाष कहिल्यै नहोस । परदेशमा रहदा म डिप्रेसनमा छु भन्ने वा डिप्रेसनले मलाई गाह्रो बनाईरहेको छ भन्ने नै धेरैलाई थाहा हुदैन जसले गर्दा समस्या अझै बढ्ने गर्छ। बारम्बार बिना कुनै कारण बिरामी परिराख्नु निन्द्रा नलाग्नु मनमा कुरा खेलिराख्नु खट्पती हुनु आदी डिप्रेशनको लक्षण भएपनी कमैलाई यसको ज्ञान हुन्छ र खास समस्या पहिल्याएर उपचार गर्न भन्दा पनी बोक्सी लाग्यो की के लाग्यो भन्दै धामी वा पन्डितकोमा पुग्ने चलन ब्यापक छ।
21 औ सताब्दिमा हर-कुराहरु सहज बनेका छन हामिले आफुमा भएका समस्याहरु के हुन भनेर गुगलमा हानेर सर्च गर्यौ भने सबै जानकारी सहीत लगभग सबै समस्या समाधानको उपाय पनी त्यहा निस्किन्छ 24 सै घण्टा मोबाइल चलाई राख्ने हामिलाई त्यत्ती कुराको भने ज्ञान हुदैन। डिप्रेसन भन्ना साथ तर्सिहाल्ने समाज छ हाम्रो, तथापी अहिले डराइहाल्न पर्ने अबस्था चाही छैन यो लेख पढिरहदा अध्ययनकर्तालाई लाग्न सक्छ प्रबासमा कसरी समाधान गर्ने त मानसिक तनाबको?
हामी प्रबासमा रहदा धेरैलाई मानसीक समस्याले सताउछ जुन कुरा हामीलाई थाहा हुदैन यदी थाहा भैहाले पनी कसरी समाधान गर्ने भन्ने थाहा हुदैन किनकी प्रबासमा अस्पतालमा गएर उपचार पाउन भाषाको असहजताले गर्दा असम्भब प्राय हुन्छ। यो अबस्थामा हाम्रो एउटा सजिलो सहयोगी बाटो भनेको ईन्टरनेट हो।

मानसिक समस्या सम्बन्धी थुप्रै लेखहरु इन्टरनेटमा नेपाली भाषामै उपलब्ध छन त्यसलाई फलो गर्न सक्नुहुनेछ। र आर्को उचित बिकल्प भनेको योगाभ्यास हो जुन हामिले सजिलै संग आफ्नै कोठामा पनी गर्न सक्छौ। योगाभ्यास कसरी गर्ने भनेर अलमलिनु पर्दैन तपाई हामिले युटुबको साहारा लिन सक्छौ। धेरैलाई लाग्न सक्छ के योगाभ्यासले मानसिक तनाबको ब्यबस्थापन गर्न सकिन्छ त? योगाभ्यासको सही प्रयोग गर्यौ भने मानसिक तनाबलाई धेरै हदसम्म ब्यबस्थापन गर्न सकिन्छ। तथापी समस्या जतिल छ वा जतील हुदै गैरहेको छ भने तुरुन्त उपचार गराएमा स्वास्थ्य जिबन जिउन सकिन्छ।
~ बिश्व स्वास्थ्य संगठनले पनी मानसिक तनाब (डिप्रेसन) लाई एड्स पछीको दोस्रो बरियतामा राखेको छ बिश्वमै डिप्रेसनको अबस्था भयाबह छ। यसको रोकथामका निम्ती कृपया खुलेर एक अर्काका समस्या सातासात गरौ।

नोट : (म कुनै मनोरोग बिषेशज्ञ हैन मैले मात्र मानसिक समस्या कसरी बढ्न नदिने वा कसरी कम गर्ने भन्ने कुराहरुलाई आफुले अध्ययन गरी प्रयोग पश्चात आफुमा भएका अनुभुतिहरु बाड्ने जमर्को मात्र गरेको छु। प्रबासमा रहदा आउने मानसिक तनाबले थुप्रै नेपाली दाजुभाईको ज्यान अकालमा गैरहेको छ , यो अबस्थालाई केही हदसम्म भएतापनी कम गर्नका निम्ती यो लेखले सहयोग पुर्याउनेछ भन्ने आशा लिएको छु।)
जैमिनी न पा – 8 छिस्ती बागलुङ साबिक (छिस्ती-9 बागलुङ)
हाल याङ्जु दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...