नेपाल कप डेउ एफसीले चुम्दै २५ लाख वन हात पारे


फोनिज कोरिया संवाददाता
सोल

नेपाल फुटबल महासंघ दक्षिण कोरियाले छुसकमा आयोजना गरेको नेपाल कप २०१७ को उपाधी डेउ एफसीले चुमेका छन् । महासंघले पहिलो पटक आयोजना गरेको नेपाल कप नामक एक दिने फुटबल टुर्नामेन्टमा विजयी बनेका डेउ एफसीले २५ लाख वन पुरस्कार राशी सहित शिल्ड हात पारेका थिए ।

ट्राईब्रेकर हुदै फाइनलमा पुगेका मोक्फो एफसीलाई शुन्यको विरुद्ध एक गोलले डेउ एफसीले विजयी हासिल गरेका थिए । उपविजेता बनेका मोक्फो एफसीले पनि शिल्ड सहित १५ लाख वन पुरस्कार थापेका थिए ।

त्यस्तै डेउ एफसीका कृष्ण थापा उत्कृष्ठ खेलाडी , कुनाल देउजा उत्कृष्ठ डिफेन्स, विक्रम लिम्बु उत्कृष्ठ स्टाइकर, डेनी राई उत्कृष्ठ खेलाडी र शम्भु राई उत्कृष्ठ प्रशिक्षक बनेका थिए । मोक्फो एफसीका जगत तामाइ० उत्कृष्ठ मिडफिल्डर र जिन्यइ० एफसीका अमित श्रेष्ठले हाइस्कोर उपाधी थापेका थिए ।

कोरियनहरुको महान चाड छुसकको अवसर पारेर अक्टोबर ५ तारिख सौलको दोङ्गदोचन फुटबल सेन्टरमा खेलिएको थियो । एक दिने टुर्नमेन्टमा २२ टिमले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बर्षौदेखि खेल मैदान उपलब्ध गराउदै आएकाले नगर प्रशासनका खेलकुद विभागका प्रतिनिधीलाई धन्यवाद पत्र समेत प्रदान गरिएको थियो ।

त्यस्तै दोङ्गदोचन सिटीले प्रत्येक वर्ष प्रदान गर्दै आएका विदेशी खेलकुद सम्मान पत्र यपाली नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण ब्रो गुरुइ०लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा महासंघबाट राष्ट्रिय पूर्व फुटबल खेलाडी शुक्र तामाइ०लाई दोसल्ला ओढाई विषेश सम्मान गरिएको थियो भने कोरियामा फुटबल खेलको विकासमा योगदान पुराउदै आएका अग्रहहरुलाई पनि सम्मान गरिएको थियो ।

कोरियाका विभिन्न क्षेत्रमा रहेका सम्पुर्ण नेपाली फुटबल क्लबहरुलाई एकबद्ध गरी फुटबल खेलको माध्यमबाट सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थान नेपाल परिचित गराउदै नेपालीहरु माझ भाईचारा, मेलमिलाप, सद्भाव, सहयोग र आत्मियता बढाउदै लैजाने हेतुका साथ नेपाल फुटबल महासँघ दक्षिण कोरियाले बृहत नेपाली फुटबल महामेला आयोजना गरेको अध्यक्ष कृष्ण गुरुइ०ले बताए ।

  

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...