अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक


 

संयुक्त राष्ट्रसंघमा छलफल चलिरहेकै समयमा अमेरिकी युद्ध विमान उत्तर कोरियाको नजिकै उडाइएका छन् । आफ्नो शक्ति प्रदर्शनीका लागि अमेरिकाले विमानहरु उडाएका हुन् । २१ औं शताब्दीमै पहिलो पटकअमेरिकी विमान  उत्तर कोरियाको त्यति नजिक पुगेका हुन् ।

प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आत्मघाती’ लक्ष्य लिएको बताए ।
विदेश मन्त्री रि योङ होले राष्ट्र संघको महासभामा दिएको भाषण राष्ट्रपति ट्रम्पकै नक्कल जस्तै थियो किनभने राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई संबोधन गर्दै कोरियाली नेता किम जङ उनलाई ‘आत्मघाती लक्ष्य लिएको रकेट मान्छे’ भनेका थिए ।
विदेश मन्त्री रिले ट्रम्पले आफूहरुको ‘अपमान’ गरेको उल्लेख गर्दै भने, ‘मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका छन् जसले गर्दा उत्तर कोरियाली रकेट अमेरिकी मुल भूमिमा पुर्याउनु अपरिहार्य बनेको छ।’
विदेश मन्त्रीले थपे, ‘ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ।’ ट्रम्पले आफू र आफ्ना समर्थक मुलुकहरुलाई खतरा पुर्याएकाले उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त बनाउने बताएका थिए ।
उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केही अघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो । पेन्टागनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य हो।’
‘सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।’
बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...