अमेरिकी शहरहरुमा नेपाली परेड !


अमेरिका, न्युयोर्कको म्यानहटनस्थित ब्यस्त सडकमा आगामी मे २१ तारिक नेपालको बहुसाँस्कृतिक झाँकिहरु देखिने भएको छ । न्युयोर्कस्थित लगभग चार दर्जन बिभिन्न सँघसँस्थाहरु मिलेर सँयुक्तरुपमा नेपाल डे परेडको आयोजना गरेको हालै पत्रकार सम्मेलन गरी सार्बजनिक गरे । नेपाल डे परेडका सँयोजक मंगलदास श्रेष्ठका अनुसार परेडमा न्युयोर्कका मेयर बिल द ब्लाजियोले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नेछन् । परेडको आयोजना गर्नको लागि नेपाली महाबाणिज्यदुताबासको विशेष सहयोग रहने समेत श्रेष्ठले बताए ।

नेपालको पहिचान झल्कने बहुसाँस्कृतिक झाँकीहरु सहित मौलिक नाचगान प्रदर्शनी गर्दै म्यानहटनको ३८ स्ट्रीट देखि २७ स्ट्रीटसम्म मेडिसन एभिन्युमा परेड हुनेछ । दिउसो १२ बजेबाट शुरु हुने परेड पाँच बजे समापान हुनेछ । परेड मार्फत नेपाललाई बिश्व सामु चिनाउँदै नेपालको पर्यटन प्रबर्धन गर्ने आयोजक पक्षको दावी छ । आयोजक कमिटीका सदस्य सँस्था आदिवासी जानजाती महासँघ, अमेरिकाका अध्यक्ष लुईसाङ वाईबाले भने, ‘गत बर्षको परेड भन्द यो बर्ष अझ बिशाल र व्यबस्थित हुनेछ”, “यसलाई निरन्तरता बनाउँने हाम्रो सँयुक्त प्रयास हो”, गत बर्षको मे २२ तारिक न्युयोर्कमा पहिलो पटक भएको नेपाल डे परेडको संयोजक सम्हालेका वाईबाले आफ्नो भनाईमा थपे ।

न्युयोर्क बाहेक अन्य राज्यमा बसोबास गर्ने नेपाली समुदायहरुले पनि नेपाल डे परेडको आयोजना गरी नेपालको पहिचान झल्काउँने बहुसाँस्कृतिक झाँकीहरुलाई सडकमा बेला बेला ल्याउँने गरेका छन् । नर्थ क्यारोलिना, टेक्सास र कोलोराडो यसमा परेका छन् । टेक्सास नेपाली समाजको आयोजनामा टेक्सासमा नेपाली मेलाको समेत भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...