इपिएस कामदारले कार्यअवधि सकिएर पनि नलिएका विमा रकम अब पाउने भएका छन्


फोनिज कोरिया संवाददाता

सोल

कोरियामा इपिएसको कार्यअवधी (करिब ५ वर्ष) सकिएपछि पाइने विमा रकम नलिएका कामदारहरुले अब सो रकम पाउने भएका छन् । लामो समयदेखि विमा रकम नलिएका इपिएस कामदारलाई आफ्नो विमा दावी गर्न आउन इपिएस नेपाल कार्यलय ग्वार्कोले सार्वजनिक आवहान गरेपछि सो अवसर प्राप्त भएको हो ।

सन २०१३ सम्मका पाँच वर्ष कार्यअवधी सकिएपछि पाइने फिर्ती लागत विमा (Return Cost Insurance ) र प्रस्थान ग्यारन्टी वीमाको ( Departure Guarantee Insurance ) रकम दावी गर्न आउन इपिएस नेपाल कार्यलयले गत आइतबार सार्वजनिक सूचना जारी गरेको हो ।

कोरियाका एचआरडी कार्यलयले कार्यअवधि सकिए पछि पनि सो विमा रकम नलिएका करिब २ सय ९८ जनाको नामवली इपिएस नेपाल कार्यलयलाई पठाएको छ । सार्वजनिक गरिएको नामवलीमा विमा रकम उल्लेख गरिनुका साथै पासपोर्ट नम्बर र एलाइन नम्बर तथा नेपाल फर्केको मिती , कोरियामै रहेको वा अज्ञात रहेको उल्लेख गरिएको छ ।

सार्वजनिक सूचनामा सर्वाधिक विमा रकम ४० लाख (एक जना ) देखि २० लाख ( २ जना ) र १० जनाको १० लाख वनभन्दा बढी रकम देखिएको छ । धेरै जासोको ५ लाख वन भन्दा बढी विमा रकम उल्लेख गरिएको छ । विमाका सर्वाधिक रकम देखिएका कामदार २०१३ मै नेपाल फर्किसकेका छन् । विमा रकम लिन बाँकीमध्ये कतिजना नेपाल फर्किसकेका छन् भने कति कोरियामै रहेको, केही भने अज्ञात रहेको सूचनामा उल्लेख गरिएको छ ।

कसको विमा रकम कति रहेको जानकारीको लागि इपिएस कार्यलयको बेभसाइडमा गएर हेर्न सकिने छ ।

http://epsnepal.gov.np/index.php

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...