गायक कुमार पुन र गायिका गीता पाइजा माघे संक्रान्ती मनाउन कोरिया आइपुगे
फोनिज कोरिया संवाददाता
सउल
चर्चित लोकदोहोरी गायक कुमार पुन मगर र गायिका गीता पाइजा मगर शनिबार दक्षिण कोरिया आइपुगेका छन् । नेपाल मगर संघले यही आइतबार जनवरी १५ तारिख मगरहरुको महान पर्व माघेसंक्रान्ती मनाउन आयोजना गरिने विषेश सांगीतिक कार्यक्रको लागि उनीहरु कोरिया आएका छन् ।
गायक कुमार र गायिका गीतालाई शनिबार विहान इन्छन विमानस्थलमा पुगेर मगर संघ कोरियाका अध्यक्ष खड्ग लगायतको टोलीले स्वागत गरेको छ ।
आफ्नो महान पर्व माघ १ गते माघे संक्रान्तीमा मगरहरुले कोरियामा पनि धुमधामसाथ मनाउने गर्छन् । यसपाली पनि मगरहरुले विषेशरुमा माघे संक्रान्ती मनाउने तयारी गरेको मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगरले बताउनुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक होविर थापा मगरले जानकारी गारउनुभयो ।
कार्यक्रम कोरियाको राजधानी सउलको छुइ०रो गुछन स्थित छुइ०रो गुको कार्यलय हलमा आयोजना गरिने भएको छ ।