Advertisement
SKIP THIS

किम्हेमा निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक अन्तर्क्रिया हुने


 फोनिज संवाददाता, सपोर्ट नेपाल फॉउन्डेशन द. कोरिया,कोरियाको लागि नेपाली राजदूताबास र बैदेसिक रोजगार तथा प्रबाशी कल्याण समिति,एन आर एन अन्तराष्ट्रिय समन्वय समितिको संयुक्त आयोजनामा यहि १० तारिख आइतबार किम्हेमा निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक अन्तर्क्रिया हुने भएको छ ।
कोरियामा भैरहेको आत्महत्या,कम्पनी दुर्घटना तथा अस्वभाविक मृत्युलाइ न्यूनीकरण गर्ने उद्देश्य अनुरूप गतहप्ता कोरियाको सुवनमा सफलताका साथ सम्पन्न भएको पहिलो अन्तर्क्रिया कार्येक्रम पश्चात पुनः कोरियाको बुसान,किम्हे,उलसान,गजे लगाएत जिन्जुलाई समेटेर “१ दिने आत्महत्या तथा अस्वभाविक मृत्युका कारण तथा न्यूनीकरण “बिषयक जनचेतनामूलक अन्तर्क्रिया,परामर्श तथा निःशुल्क स्वास्थ्य शिबिरका साथै नेपाली राजदूताबासबाट प्राप्त गर्न सकिने भएकोले उक्त क्षेत्र आसपास रहनु भएका सम्पूर्ण नेपालीजनहरुमा मौकाको फाइदा उठाउनुहुन आयोजकले विनम्र अनुरोध गरेको छ।
दिउसो १बजे किम्हे माइग्रेन्ट हाउसमा सुरु हुने कार्यक्रममा अन्तर्क्रिया कार्येक्रम अन्तर्गत अस्वभाविक मृत्यु(सुतेकै अबस्थामा हुने) कसरि हुन्छ र समाधनको उपाय तथा रोकथाम बारेमा जानकारी गरिने भएको छ । त्यसैगरी टाउकोको नशा कसरि फुटछ र यस्को रोकथाम तथा बच्ने उपाय, डिप्रेशनका कारण र बच्ने उपाय, आत्महत्याका लक्षण सम्बन्धि जानकारी गरिने भएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत बेलुकी ६ बजेसम्म नियमित मेडिकल सेवा सम्बन्धी, हाड,जोर्नी, छाला र पेट सम्बन्धी, जेनरल फिजिसियनका साथै कामदार काउन्सेल डेस्क(कम्पनी दुर्घटना तथा क्षतिपूर्ति,कम्पनी परिबर्तन तथा थेजीकम सम्बन्धी) , नेपाली राजदूताबासको डेस्क(नेपाली राजदूताबासमा हुने सम्पूर्ण कामहरु) बारेमा पनि जानकारी गरिने भएको छ ।
सम्पर्क नम्बरहरु:- ०१०-६३००-०९०२(यज्ञराज सुबेदी)
०१०-३२६८-९२२२(के पी चौलागाईं)
०१०-६५१०-८६४३(हरी थपालिया)
०१०-४८८९-३२३३(हरिकृष्ण श्रेष्ठ)
०१०-९५०६-३२०७(रमेश उप्रेती)
०१०-५९०१-५८००(भुसाल केपि)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...