डोल्माको इहलीला यसरि समाप्त भयो


बुधबार बिहानै अस्पतालको शैयाबाट चिकित्सकले घोषणा गरे, ‘डोल्मा अब यो संसारमा रहिनन् । हामीले उनलाई बचाउन सकेनौं ।’ हो, तिनै डोल्मा शेर्पा अब कहिल्यै नर्फकिने गरी प्रवासी भूमिमा बिलिन भइन् । केबल सम्झनाका पोका छाडेर चिर निद्रामा डुबिन सदाका लागि सबैलाई रुवाएर ।

 

 

आफ्ना सन्तानको भविष्य उज्जल बनाउन कैयौं सुन्दर सपना बोकेर केही वर्ष अघि दक्षिण कोरिया आएकी थिइन् ।  भर्खरको कलकलाउदो उमेरमा ससाना छोराछोरीलाई नेपालमै छाडेर परदेसीएकी डोल्मा अचानक बोनम्यारो अभावमा अस्पतालको शैयामा छटपटाइरहिन् विगत लामो समयदेखि । आफ्ना ति अबोध बालबालिकाका लागि अझै बाँच्ने आशामा मृत्युसँग लडिरहिन् हरपल । सबतिर हारगुर मागिन् । तर, दैवको लेखा मृत्युको अगाडि कसैको केही जोड नचल्ने रहेछ । आखिर उनले आधा जवानीमै यो संसारलाई छाड्नु पर्यो । मृत्युसँग नराम्ररी हारिन् उनी ।  आफ्नो छोराछोरीलाई भेट्ने अधुरो चाहना मनमै लिएर भौतिक शरीरबाट बिदा भइन् । तर आमा गुमाएका ति सन्तानको हालत के होला अब ?

 

 

दोलखामा जन्मेकी डोल्मा सानोमा नर्स बनेर बिरामीको सेवा गर्ने सपना बुनेकी थिइन् । तर उनको सपना पुरा हुन नपाइ सिन्धुपाल्चोकका दोर्जे शेर्पासँग उनको विवाह भयो । विवाह पछि दुइ सन्तान जन्मे । उनीहरुको लालनपालनको लागि पैसा कमाउन श्रीमान परदेसिए । कहिले भारत त कहिले मलेसिया गएर कमाएको पैसा सबै काठमाडौंमा बसेर सकाए । घर कहिल्यै फर्केनन् नत पैसा नै पठाइदिए । घरपरिवारलाई चटक्कै बिर्सेर अर्कै युवतीसँग बस्न पल्केका दोर्जे तिनै युवतीसँग वैदेसिक रोजगार भिषामा पछिल्लो पटक कोरिया पनि आए ।  उता डोल्माले भने दुखः गर्दै छोराछोरीलाई हेर्दै घर धानिरहे ।

 

 

तर घरको कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीको सुनौलो भविष्यको कल्पना गर्दै विदेसिने सोच बनाइन् । विदेसिनु त्यति सजिलो थिएन । त्यसैले अरुले सिकाइदिएको सजिलो माध्यम रोजिन् अनि छिरिन् ‘पेपर म्यारिज’ गरेर कोरिया । जसोतसो काम गर्दै थिइन् तर अचानाक महंगो बिरामीले छोयो उनलाई । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारो अभावमा उनी सुवनको आजु अस्पतालमा भर्ना भइन् । उनको स्वास्थ्य बिमा नहुदा उनको उपचारमा धेरै पैसा खर्च भयो । उनको अवस्था थाहा पाएर कोरियामा रहेका मनकारी नेपाली तथा विभिन्न सामाजिक संघ संस्थाहरुले आर्थिक सहयोग गरे । तर, उनलाई बचाउन सम्भव भएन । उनले अन्तिम घडिसम्म मृत्युसँग संघर्ष गरिन् आफ्नो सन्तानको लागि । अन्ततः मृत्युको अगाडि कसको के लाग्छ र ? डोल्माको इहलीला यसरि प्रबासी भूमिमा समाप्त भयो | उनको आत्माले शान्ति पाओस् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...