Advertisement
SKIP THIS

कसले चोर्छ मुर्ति ? डोल्पामा दुईवर्ष भित्र ३३ थान बहूमूल्य मुर्ति चोरिए


सागर न्यौपाने

सोल/ कोरिया- डोल्पा– भौगोलिक रुपमा विकट भएपनि प्रचुर पर्यटकीय सम्भाबनका बोकेको डोल्पा ऐतिहासिक, साँस्कृतिक, धार्मिक हिसाबले सम्पन्न रहेको छ । नेपालकै प्रसिद्व से गुम्बा, बाला त्रिपुरा सुन्दरी मन्दिर, मष्टा भवानी मन्दिरहरु यही डोल्पामा रहेको छ । pimage_upper-dolpa-final-2
तर, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको स्रोत बनिरहेको यस्ता मन्दिरहरुमा पछिल्लो समयमा ऐतिहासिक मूर्तिहरुको चोरी हुने क्रम तीब्र रुपमा भइरहेको छ ।

 

विगतमा यहाँ यार्सासिजनमा तीब्र रुपमा यार्सा लुटपाटका घटना हुने गरेकोमा अहिले भने लुटेराहरुको निसाना धार्मिक स्थलका मूतिहरु पर्न थालेका छन् ।

 

तर, वितेको २ वर्षयता ३३ ओटा बहूमूल्य मूर्ति चोरी भइसकेपनि स्थानीय प्रशासनले त्यसको नियन्त्रण र दोषीमाथि कारवाहीको कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

 

मंसिर १० गते मात्र साल्दाङ गाबिसमा रहेको शेगुम्बाबाट पाँच थान प्राचिन बहुमुल्य मूर्ति चोरी भएको बताइएको छ ।
उपल्लो डोल्पालीहरु तथा डोल्पा आउने पर्यटकहरुको गन्तव्यस्थल बन्ने गरेको शे गुम्बामा भएको चोरीको बिषयमा स्थानिबासिहरु चिन्तित भएका छन् ।
पटकपटक डोल्पामा श्रृङखलाबद्ध हिसाबमा भइरेहको चोरीको बिषयमा डोल्पाली सचेत बर्गहरुपनि सशंकित भएका छन् ।

गुम्बाको नजिकै रहेको प्रहरी चौकी अत्याधिक चिसोकारण तल्लो डोल्पा फर्केको केहि महिना पछि गुम्बामा चोरी भएको स्थानीयको भनाई छ ।
जिल्लाका स्थानीय राजनीतिक दलहरुले प्रशासनको कमजोरीकै कारण बहूमूल्य मुर्तिहरु चोरी हुने क्रम तीब्र रुपमा बढिरहेको बताएका छन् ।
उनीहरुका अनुसार प्रशासनलाई पटकपटक सो बारे आग्रह गर्दा पनि कुनै सुनुवाई हुन सकेको छ्रैन ।
नेपाली काँङ्ग्रेस डोल्पाका उपसभापति अंगत कुमार बुढाले प्रशासनको मौनताकै कारण मूर्ति चोरी हुने श्रृङ्खला नरोकिएको बताउँदै यसबाट चारीमा संलग्नहरुलाई थप बल पुगेको गुनासो गरे ।
कतिपयले त मूर्ति चोरी प्रकरणमा प्रशासनकै सहयोग हुन सक्ने समेत आशंका गरेका छन् । मूर्तिको सुरक्षाको लागि पटक पटक प्रशासनलाई अनुरोध गर्दा पनि चासो नदिनु र हराउने क्रम पनि नरोकिनुले प्रशासनकै मिलेमतो हुन सक्नेतर्फ बल पुगेको उनीहरुको भनाई छ ।

 

चोरीको बिषयमा मंसिर १४ गते मात्रै नागरिक समाज, नेपाली काँङग्रेस, एमा,एमावोबादी, बौद्धमार्गिहरु लगायत डोल्पाका समाजसेवी, बुद्धिजिविहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमार्फत पटक पटक योजनाबद्ध हिसाबमा चोरी भईरहँदा पनि जिल्लाको गृह प्रसासन तदारुपताका साथ नलागेकाले छिटो भन्दा छिटो खोजिकार्यमा लाग्नुपर्ने, छिमेकी जिल्लाहरुका नाकाहरुमा कडाई गरिनुपर्ने, डोल्पाको मात्र नभई नेपालकै प्रशिद्ध शे गुम्बामा स्थायीरुपमा प्रहरी चौकिको ब्यबस्था गर्नुपर्ने लगायतका माग गरिएको बुढाले जानकारी दिए ।

 

उनका अनुसार यो भन्दा अगाडि धो गाबिसमा रहेको गुम्बाबाट तिस थान तथा सभासद धन बहादुर बुढाको जन्मस्थल सहरतारा गाबिसमा रहेको गुम्बाबाट दुईपटक चोरी भएको थियो । तर, चारीको श्रृंखला नरोकिदा सभासदलेसमेत मौनता साँधेकाले चोरीको बिषयमा अहिलेसम्मपनि केहि खुल्न नसकेको बताए ।
तरपनि निरन्तर आफूहरुले दुई बर्षयता हराएका बहुमुल्य मुर्तीहरुको खोजिकार्यको लागि प्रशासनमा दवाव दिइरहेको उनको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालयले गत बर्षतिर चोरी भएका मुर्तीहरुको खोजिकार्य भईरहेको र मंसिर १० मा चोरी भएका पाँच थान मुर्तीको खोजि कार्यको लागि सम्बिन्धित घटनास्थलमा अनुसन्धानको लागि प्रहरी पठाई सकेको र छिमेकी जिल्लाका नाकाहरुमा चोर उम्किन नदिन कडाईको लागि सिल गर्न जानकारी गराईसकेको प्रहरी नायव उपरीक्षक धुब्र प्रसाद रावतले जानकारी दिए ।

 

चोरी नियन्त्रणका उपल्लो डोल्पाका नाम्दो, साल्दाङ, धो, भिजेर लगायका स्थानहरुमा अस्थायी प्रहरी चौकि राखिएपनि अत्याधिक चिसोका कारण बस्न नसक्ने अबस्था देखिएपछि सबै झरिसकेको मौका पारेर चोरी भएको बताए ।

 

उपल्लो डोल्पामा प्रहरी र स्थानीयबासी नभएको मौकामा धेरै चोरी हुने गरेकाले बहुमूल्य मुर्ती संरक्षणको लागि चिसो महिना सुरु भए लगत्तै तल्लो डोल्पा झर्ने प्रहरीले मूर्तिको सुरक्षाको लागि विषेश प्रवन्ध गर्नुपर्ने स्थानीयको जोड छ ।
सुरक्षा व्यवस्था प्रभावकारी नभए आस्थाका धरोहरको रुपमा स्थापित यहाँका अन्य धार्मिक सम्पदाहरु पनि चोरहरुको निशानामा पर्नसक्ने देखिएकाले मन्दिर र गुम्बा सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गरेको श्री बाला त्रिपुरा सुन्दरी मन्दिरका पुजारी तथा समाजसेवि पुर्ण केशर न्यौपाने जानकारी दिए ।

 

यसो त जिल्लाको फितलो सुरक्षा ब्यबस्था भएको फाईदा उठाउँदै हरेक यार्सासिजनमा करोडौँ लुटपाट तथा दर्जनौको हत्या समेत हुने गरेका छन् ।(रातोपाटी बाट)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...