किराती मिथकको संगालो ‘थिबिया’


मानव सभ्यतासँगै विकसित हुँदै आएको किरात राई जातिको सभ्यता र इतिहास जति पुरानो छ त्यति नै पुरानो छ मिथकीय परम्परा र विश्वास । यीनै किराती जातिकोे समग्र सभ्यता र संस्कृतिको प्रतिविम्वको रुपमा रहेका मौलिक मिथकहरू पुस्तौं पुस्तादेखि सुन्दै आएको पाइन्छ । ठाउँ, परिवेश र समुदाय अनुसार विविधता बोकेको किराती मिथकको मुख्य सार भने एउटै हो ।

यीनै किरात राई जातीको मिथकमा मौलिक लय समेटेर गायिका जानुका राईले ‘थिबिया’ नामक सांगीतिक भिडियो संग्रह हालै सार्वजानिक गरेकी छिन् । किरात मिथकमा वियोगान्त संवेदनालाई चित्रण गरिएको मौलिक कथालाई गीतिलयमा ढालिएको उक्त गीतिसंग्रहमा ‘ए थिबिया’, ‘ओ तोरेम्पा’, ‘हेच्छाकुप्पा’ र ‘तान धागो तुनेर’ बोलका चारवटा गीतहरु समाबेश गरिएको छ ।

एक वर्ष लामो मेहेनत, खोज र अनुसन्धानपश्चात् तयार भएको साँस्कृतिक भिडियो संग्रह थिबियाको गत शनिबार काठमाडौंमा सभामुख ओनसरी घर्तीमगरले विमोचन गरेकी थिइन् । भूपाल राई, टीका चाम्लिङ, खुक्सङ खम्बु र बीरेन्द्र चाम्लिङको शब्दलाई संगीतकार जीतेन राई, सुरेश अधिकारी र मनोज साम्सोले संगीत भरेका छन् । कपिल राईद्धारा निर्माण गरिएको साँस्कृतिक गीतिएल्वमको म्युजिक भिडियो समेत तयार पारिएको छ । पूर्वको विभिन्न किराती थलोमा पुगेर छायांकन गरिएको म्युजिक भिडियोमा पशुपति राई, प्रविण पुमालगायतले  जिवन्त अभिनय गरेका छन् ।

11863504_950547321668064_4365969630110921548_n

फरक परिहचानका साथ नेपाली साँगीतिक क्षेत्रमा उदाएकी गायिका जानुका राई आफ्नो मौलिक पहिचानलाई संगीतको माध्यमबाट बाहिर ल्याउन पाउँदा निकै गर्व गर्छिन् । भन्छिन्, ‘यसलाई मैंले साँस्कृतिक भिडियो संग्रह भनेको छु । यो सम्भवत नेपालकै पहिलो पटक एकल रुपमा साँस्कृतिक भिडियो संग्रह निस्किएको हुनुपर्छ । जसरी मैंले यो भिडियो संग्रह निकालें म आफैंले आफैंलाई गौरवको अनुभूति गरेको छु ।’ यो उनको मात्र गौरवको विषय होइन समग्र किरातीहरुको गौरव हो अनि कहिल्यै नमेटिने पहिचान पनि । उनको यो पहिलो प्रयास आउने पुस्ताका लागि ज्ञानमूलक र प्रेरणादायी मात्र नभई साँगीतिक फाँटमा किराती दस्तावेजको रुपमा समेत  रहने छ ।

‘नेपाली गीतसंगीतको क्षेत्रमा हेर्ने हो भने आफ्नो मौलिक संस्कृतिका विषय वस्तुलाई त्यति धेरै प्राथमिकता दिएको पाइन्न । तर हाम्रो विषय वस्तु यति धेरै र राम्रो छ जुन अझै बाहिर ल्याउनु सकिएको छैन’, उनी एल्वमको बारेमा प्रस्ट पार्दै अगाडि थप्छिन्, ‘मेरो प्रयास भनेको आफ्नो मौलिक साँस्कृतिक र मिथकिय विश्वासलाई बाहिर ल्याई संरक्षण र सम्वद्र्धन गर्नु हो । मेरो यो पहिलो प्रयास र पहिलो एल्बम हो । मैंले आर्थिक र व्यवसायिक चुनौतिलाई आत्मसाथ गरेरै भए पनि यो साँस्कृतिक भिडियो संग्रह ‘थिबिया’ दर्शक स्रोतामा गौरवकासाथ ल्याएको छु ।’

उनी यसलाई आफ्नो साँस्कृतिक अभियान नै सम्झन्छिन् । आफुले सकेको र सामथ्र्यले भ्याउनेसम्म यस्तो कामलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्छिन् । भन्छिन्, ‘तर, यसो भन्दैमा अरु गीत नगाउने भन्ने होइन । समय परिस्थिति अनुसारको गीतहरु पनि गाउदै जानेछु ।’

थिबियाको बारेमा अहिले नेपालको बौद्धिक सर्कलमा सकारात्मक तरिकाबाट ठुलै बहस चलिरहेकाले यो साँस्कृतिक भिडियो संग्रह एउटा दस्तावेजको रुपमा रहने उनको ठहर छ । ‘बौद्धिक र संस्कृतिकर्मीहरु बिच यस्तो काम अब श्रृंखलाबद्ध ढंगबाट अघि बढ्नुपर्छ भन्ने बहस चलिरहेको छ । यो मेरो लागि अर्को गौरवको विषय हो’, जानुका भन्छिन् । त्यसैले यो एल्बमको महत्व बुझिदिएर सबैले एकपटक हेरिदिन पनि उनी आग्रह गर्छिन् ।

12241731_1000016830054446_8630887259344954_n

के छ त एल्वमभित्र ?
झरी है प¥यो….. भलबाढी आयो, आइयौ मन रुन्छ धुरूरू
सन्तानको माया आमाको मन, आइयौ उडी जाऊ भुरूरू
जन्माई हर्षले हुर्काई दुःखले, आइयौ पिलाए दस धारा
आइयौ आमालाई रूवाई आँशुमा डुबाई, आइयौ किन गयौ ए छोरा ..
ए थिबेउ ………
एल्बमको नामारण गरिएको ‘थिबिया’ एउटा आमाको दुखान्त संवेदनालाई बोकेको वियोगान्त किराती मिथक हो । एकमात्र सन्तान थिबे भेलबाढीले बगाएपछि सन्तान गुमाएको पिँडामा विक्षिप्त बनेकी आमा अझै पनि चरी बनेर ‘थिबेउ थिबेउ’ भन्दै छोरा खोज्दै खोलैखोला उडि हिँडेको कथालाई समेटिएको छ ।

जुग जुगान्तर नमेटिने तोरेम्पाको कथा
कोही नयाँ पाहुनालाई बनिदिन्छ व्यथा
ओ……….. तोरेम्पौ ……….
तोरेम्पा आदिम किराती पुरुष हुन् । मिथक अनुसार पाहुना जाँदा सम्धीसम्धिनीले स्वागतसहित तोरेम्पालाई जाँड दिन्छन् । तर उसको जाँड खाने धोको पूरा हुन सक्दैन । सम्धीसम्धिनी घरबाहिर गएको मौकामा तोरेम्पाले जाँडको ध्याम्पाभित्र टाउको डुबाएर जाँड खाँदा अकालमै उनको मृत्यू हुन्छ । किराती बस्तीमा सोही तोरेम्पाको आत्माले अहिले पनि दुःख (रिङ्गटा लाग्ने, पेट दुख्ने आदि) दिने विश्वास गरिन्छ । अतः किराती राई समुदायमा जाँड खाँदा तोरेम्पाले जुठो लाउँछ र दुःख दिन्छ भन्ने विश्वासले आप्mनो भागमा आएको जाँडलाई तुरुन्तै जुठो लगाई हाल्नु पर्ने प्रचलन छ ।

चरी ढुकुर मारी ल्यायौ भाई हेच्छाकुप्पा
सँगै थियो धनु काण र शिकारीको दुःख

कस्तो होला नौलो बाली वनचरीले खाको
खादा केही बिसन्चोले पुर्खा सम्झी आको
त्यहीँदेखि शिकारी र माटो भए साथी
गीत गुञ्ज्यो खोरियामा चल्यो खेतीपाती
मिथकिय पात्र तयामा दिदि, खियामा बैनी र हेच्छाकुप्पा भाइ । तर तिनीहरू सानैमा टुहुरा भए । रुँदारुँदै बेहोस भएको हेच्छाकुप्पा मरेको ठानेर तयामा लेख र खियामा वेंसीतिर गए । एक्लो हेच्छाकुप्पाको जीवन झन कष्टकर भयो । हेच्छाकुप्पा एउटा निपुण सिकारी थिए । सिकारको क्रममा मारिएको ढुक्कुरको गाँडवाट उम्रिएको अन्नबालीबाट खेतीपातीको सुरुवात ग¥यो । त्यसैले हेच्छाकुप्पालाई कृषि युगको आरम्भकर्ताका रुपमा लिइन्छ । हेच्छाकुप्पाको विवाह देखि नै किराती राई जातिको विवाह संस्कारको सुरुवात भएको मानिन्छ ।

किराती मिथकका विभिन्न पात्रहरू मानव समाजका लागि आदर्शका पात्रहरू हुन् । सुम्निमा, तयामा, खियामा, नाइमा, सिकुरीमा जस्ता मिथकका थुप्रै पात्रहरू आधुनिक समाजका आदर्श पात्रका रुपमा लिने गरिन्छ । यही आदर्श पात्रहरूप्रति गर्व गर्दै अहिलेको युवायुवतीहरुले आफूलाई प्रतिबिम्बित गर्न खोज्नुले किरातीको मिथकको प्रभाव र महत्वलाई दर्शाउँछ । यहि मिथकको अन्तिम गीत हो,

तानमा धागो तुनेर वैंश खिपूँ कि
चर्खा राख्ने सिकुवा दलान लिपूँ कि
उसको मायामा हो उसकै मायामा
सिकुरीम्मा मै हुँ रे मै हुँ तोयामा
हो हो मै हुँ तोयामा

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...