तीन करोडको औषधि दिँदै एनआरएन


 

दीपा दाहाल

 

 

काठमाडौं- भारतीय नाकाबन्दीका कारण नेपालमा औषधि र उपकरण अभाव हुँदा अस्पतालका अत्यावश्यक सेवा बन्द हुने अवस्था आएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाललाई तीन करोड रुपैयाँ बराबरका औषधि उपलब्ध गराउने भएको छ।

 

संघले बंगलादेशबाट जीवनरक्षक औषधि खरिद गरेर केही दिनमै नेपाल ल्याउन लागेको हो।’देशमा यति ठूलो मानवीय संकट परेको छ। यस्तो बेला हामी चुप लागेर बस्न सक्दैनौं,’ औषधिको व्यवस्था र हस्तान्तरणका लागि अस्ट्रेलियाबाट नेपाल आएका संघका अध्यक्ष शेष घलेले भने, ‘त्यसैले सबैभन्दा पहिले जीवन बचाउन औषधि खरिद गरी सरकारलाई दिँदैछौं। आवश्यक परेमा थप सहयोग गर्न तयार छौं।’

 

नाकाबन्दीका कारण औषधि अभाव भएपछि सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय निकायसँग गुहारिरहेका बेला गैरआवासीय नेपाली नै सहयोग गर्न अघि सरेका हुन्। संघले तत्कालका लागि एक महिनासम्म पुग्ने औषधि खरिद गरेको हो।

 

नाकाबन्दीका कारण औषधिको अभाव हुन थालेपछि संघका पदाधिकारीले परराष्ट्रमन्त्री कमल थापा र स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई भेटी औषधि जुटाउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। त्यसपछि परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभाव भएका अत्यावश्यक औषधिको विवरण तयार पारी संघलाई बुझाएका थिए।

 

 

सोही विवरणका आधारमा संघले बंगलादेशका विभिन्न औषधि उद्योगबाट खरिद गरी सरकारलाई हस्तान्तरण गर्न लागेको हो। घलेले देशलाई आपत् परेका बेला आफूहरूको सहयोगबाट केही भए पनि राहत मिल्ने बताए। उनले नाकाबन्दी कायमै रहने सम्भावना बढेमा सात-आठ करोड रुपैयाँसम्मका औषधि खरिद गरी सरकारलाई दिने प्रतिबद्धता व्यक्त गरे।

 

देशलाई आपत्त परेका बेला हाम्रो सहयोगबाट केही भए पनि राहत मिल्‍नेछ। नाकाबन्दी कायमै रहे सात-आठ करोड रुपैंयाँसम्‍मका औषधि दिन्छौं। -शेष घले, अध्‍यक्ष,एनआरएन संघको यसै साता बसेको अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले अत्यावश्यक औषधि वितरण गर्ने निर्णय गरेको थियो। संघले यसअघि पनि नेपालमा विनाशकारी भूकम्प जाँदा १० करोड रुपैयाँका औषधिलगायत अत्यावश्यक सामग्री वितरण गरेको थियो।

 

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री चौधरीले एक साताभित्रै सरकारले अभाव भएका सबैखाले औषधि जुटाउने दाबी गरेका छन्। औषधि अभाव हुन नदिन सबै वितरक र बोलपत्र आह्वान गर्ने निकायलाई निर्देशन दिइसकेको उनले बताए।

 

सबै अस्पतालका निर्देशकलाई बोलाएर अभाव भएका औषधिको सूची मागिसकेको र औषधि जुटाउन चौतर्फी लागिपरेको पनि उनले बताए।औषधिका लागि अन्तर्राष्ट्रिय निकायसँग आग्रह गरेको र अधिकांशले प्रतिबद्धता जनाएको उनको भनाइ थियो।

 

मन्त्री चौधरीले भने, ‘संकटका बेला बिरामीको जीवन बचाउन दातृनिकायको अनुरोधअनुसार एक प्रतिशत भ्याट तिर्न अर्थ मन्त्रालयसँग कुरा भइसकेको छ। अर्थ मन्त्रालय भ्याट तिर्न तयार भइसकेको छ। अब एक सातापछि नेपालमा औषधिको कमी हुने छैन।’

 

उनले वीरगन्ज-रक्सौल नाकामा रोकिएका औषधिका ट्रकलाई नाका परिवर्तन गरी नेपाल ल्याउन भारतीय राजदूतलाई पत्र पठाइएको जानकारी पनि दिए। मन्त्री चौधरीका अनुसार भारतीय दूतावासले नाकामा रोकिएका औषधि नेपाल ल्याउन सहयोग गर्ने आशयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...