कोरियाबाट मृगौला पिडितलाई २ लाख २३ हजार सहयोग
श्रीराम गुरुङ
सोल-वाक्सा-४ ओखलढुंगाका दुवै मृगौलामा क्यान्सर भएका ७ वर्षीय बालक सुबधन राईलाई ओखलढुंगा सेवा समाज दक्षिण कोरियाद्वारा संकलित २ लाख २३ हजार रुपैया सहयोग प्रदान गरिएको छ |
मंगलबार कान्तिबाल अस्पतालमा पुगेर समाजका अध्यक्ष मानसिंह गुरुङ र इपिएस छिन्गु अरुण श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् |
लामो समय देखि क्यान्सरबाट ग्रसित बालक सुबधनको पारिवारिकस्थिति अत्यन्त दयनीय भएकोले ओखलढुंगा सेवा समाज कोरियाले एक महिना सुबधन उपचार सहयोग अभियान संचालन गरेको थियो |
प्रवासमा रहेर पनि आफ हरुको दुखमा सहयोग गर्नु हुने सबैलाई बालकको आमा यशोदा राइले धन्यवाद दिएकि छिन |
सहयोग हस्तान्तरण कार्यक्रममा ओखलढुंगाका सभासदद्वय रामहरि खतिवडा र साकुन्ताला राजभण्डारी सहित संचारकर्मी र ओखलढुंगाका समाजसेवीहरुको उपस्थिति थियो भने सभासद खतिवडाले पनि बालकलाई २० हजार रुपैया सहयोग गरेका थिए |