कोरियाको कामसंगै नाम र दाम कमाउदै डीआर अटु
सोल – डिआर अटु कोरियामा नौलो नाम होईन | ४ बर्ष अघि ईपिएस प्रणालीवाट कोरिया आएका अटु अहिले कोरियाको दिन र रातको काम गरेर बचेको समयमा संगीत सृजना गर्नमा ब्यस्त छन् |
उसो त उनि कोरिया आउनु भन्दा अघि नै नेपाली सांगेतिक क्षेत्रमै सक्रिय थिए | कोरियाको १२ / १४ घन्टे काम गरेर बचेको समयमा सृजनात्मक काम गर्नु पक्कै पनि कठिन छ तर जहाँ ईछ्या त्यहाँ उपया भने झैँ दैनिक ४ / ५ घण्टा मात्र सुतेर भए पनि महिना ५ / ७ वटा गीतमा संगीत भर्दै आईरहेको बताउछन |
चाडै नै कोरियामा मै रेकर्डिङ स्टुडियो खोल्न लागेका अटुले एउटा गीतमा संगीत भरेको २० देखि २५ हजार रुपिया पारिश्रमिक लिने गरेको सुनाउदै आफु यो क्षेत्रला लगेर पूर्ण सन्तुष्टि रहेको बताए |
कोरियामा आफ्नो छुट्टै परिचान बनाउन सफल सुनाखरी समुहका सदस्य समेत रहेका अटुको ”दिक्तेल बजारमा” , ”गुडी जाने रेल” , चौबन्दी चोली” , ”घामछाँया” बोलका गीत हिट छन् | भर्खरै बजारमा आएको ” जब साझ ढल्दै गयो” बोलको गीतलाई पनि स्रोता तथा दर्शकले राम्रो रेस्पोन्स दिएको सुनाए |
अहिले उपन्यास पनि लेख्दै गरेको र पुरा भए पछि सोहि उपन्यासमा आधारित चलचित्र बनाउने भावी योजना सुनाउदै अटुले सबै मान्छेसंग कुनै न कुनै कला हुने त्यो कलालाई उजागर गर्न आफु पनि लागि पर्नु पर्ने सुझाउदै समय भन्दा कोही पनि बलवान नभएको र जो मान्छे समयसंग हिडन सक्छ उसैले नै सफलता शिखर उक्लिने बताउदै हामी देश विदेशमा जहाँ भए पनि नेपाली गीत संगीतलाई माया गरि दिन आग्रह गरे |