११ औँ सिबिटी खुल्यो (सूचना सहित )


सोल-ईपीएस अन्तर्गत कोरिया आएर एक कार्यकाल पुरा गरेका नेपाली कामदारका फेरि कोरिया आउनका लागि सञ्चालन गरिने ११ औँ सिबिटीको आवेदन फारम खुलेको छ ।

 

आवेदन फारम आगामी कात्तिक १५ गतेदेखि १७ गतेसम्म वितरण गरिनेछ । फारम बिहान आठ बजेदेखि बेलुका साढे पाँच बजेसम्म वितरण गरिनेछ ।

 

उक्त भाषाको परीक्षा भने मंसिर १६ गतेलाई तय गरिएको छ । परीक्षाको तालिका कात्तिक ३० गते प्रकासन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको नतिजा भने आगामी पुस ३ गते प्रकाशन हुनेछ ।

 

उक्त रकम फारम भर्ने अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाँको हिसाब हुने शाखाले जनाएको छ ।

 

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र कोरिया सरकारबीच सम्मन्न समझदारी पत्र अनुसार कोरियामा गएर काम गरेर फर्केका नेपाली नागरिकले विशेष भाषा परीक्षाका लागि आवेदन दिन पाउनेछन् ।

 

आवेदक फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गैर कानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाएको र १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

फारम शुल्क कति ?

विशेष भाषा परीक्षामा सहभागी बन्नका लागि आवेदकले २४ अमेरिकी डलर तिरेर फारम किन्नुपर्नेछ ।

 

विशेष कारणबस आवेदन फारम रद्द गर्न चाहनेहरुले दर्ता अवधिभित्र रद्द गर्न पाउने छन् । त्यसका लागि आवेदकले रकम बुझाएको भौचर सहित उपस्थित हुनुपर्ने छ ।

 

बिस्तृत सूचना यहाँ हेर्नुहोस :-

11th cbt

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...