युनिक भिजन प्रथम खुल्ला भलिबलमा १६ टिम


सोल-युनिक भिजन ग्रुप दक्षिण कोरियाद्वारा यहि अक्टुबर ११ तारिख आयोजना गर्न गहिरहेको भलिबल प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् |गत आइतबार सौल को तुन्देमुनमा प्रतियोगी टिमका प्रतिनिधिहरुको उपस्थितिमा भएको टाई सिट अनुसार A पोल बाट ८ टिम र B पोल बाट ८ टिम गरि जम्मा १६ टिमले प्रतिस्पर्धा गर्दै छन् |  जस अनुसार A पोलबाट  गुल्मी सम्पर्क समिति र छन्त्याल परिवार , पर्बत प्रबासी समाज र म्याग्दी समाज , तनहुँ सम्पर्क समिति र मेचीमहाकाली युनाइटेड ,तमु धिं र स्याङ्गजा परिवारले प्रतिस्पर्धा गर्दै छन् |त्यसै गरि B पोल बाट ठकुरी समाज र सुदूरपश्चिम समाज ,खोटांग सेवा समाज र बाग्लुंग सम्पर्क समिति ,युनिक भिजन र नेपाल मगर संघ ,कास्की परिवार र रुपन्देही सम्पर्क समिति ले प्रतिस्पर्धा गर्ने भएका छन् |

 

बिगत २ बर्ष देखि भलिबल खेलमा उत्कृस्ट प्रदर्शन सहित सक्रिय रुपमा सहभागी हुँदै आएको संस्था युनिक भिजन ग्रुप ले आयोजना गर्ने भलिबल प्रतियोगितामा महिला भलिबल खेलको पनि आयोजना गरिएको छ | महिला भलिबल तर्फ नेपाल मगर संघ र म्याग्दी समाज समि ति को महिला भलिबल टिमले सहभागिता जनाउने भएका छन् |उत्कृस्ट टिम लाई  पुरस्कार स्वरूप २ लाख वोन को  व्यवस्था गरिएको छ |

 

प्रतियोगिता को सम्पूर्ण तयारी पुरा भएको जानकारी संस्था को अध्यक्ष भजिन्द्र क्षेत्री ले दिएका छन् |भलिबल हलको समय  बेलुकी ६ बजे सम्म मात्र भएकोले सम्पूर्ण खेलहरु समयमानै हुने भएकोले सम्बन्धित खेलाडीहरु बिहान ९ बजे नै आई दिनु हुन पनि आयोजकले अनुरोध गरेकोछ |

 

भलिबल  स्थलमा जाने तरिका :

수유중학교 सुयु जुङहाक्यो 혜화여고 हेह्वा यगो ह्वागेसा सागरी,    ट्रेन लाइन न ४  सुयु यक गेट न ५ बाट १५ मिनेट पैदल अथवा ११६५ न को बस चढेर जानु सकिने |तुन्देमुन बाट १५२ र १२१ न को बस मा चड्ने   हेह्वा यगो ह्वागेसा सागरी झर्ने |

 

कोरियामा रहेका सम्पूर्ण संघ संस्था ,ब्यापारी ,बिध्यार्थी ,पत्रकार , समाजसेबी ,खेलकुद प्रेमी ,खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रना पनि आयोजकले गरेको छ |कोरियामा नेपाली संस्थाले २०१५ मा आयोजना गर्ने भलिबल खेल  यो नै अन्तिम भएकोले रोचक र घम्साघम्सी हुने आयोजकले दाबी गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...