कोरियामा नेपाली कामदारले गर्नै नहुने कुराहरु


घटना नम्बर एक:-

सिन्धुलीका सिद्धार्थ (नाम परिवर्तन) कोरिया आएको भर्खरै डेढ बर्ष पूरा भएको थियो । कम्पनीमा राम्रो स्थान बनाउन सफल सिद्धार्थ, नेपालमा पनि एक जेहेन्दार बिद्यार्थी थिए । कमर्शमा स्नातक गरेको व्यक्तिको काम प्रति कम्पनीका मालिक लगायत अन्य कामदारहरु पनि कायल थिए, कम्पनीमा सिद्धार्थको दबदबा नै थियो । ओभरटाईम समेत गर्दा महिनामा अठार लाख वन त कतै नजाने । एक दिन सोही कम्पनीमा एक कोरियाली युवती (उमेर थाहा भएन, झट्ट हेर्दा युवती देखिन्थि रे) पनि कामदारको रुपमा आई पुगिन । युवा तथा अविवाहित केदारलाई काममा झन रमाईलो लाग्न थाल्यो । काम सिक्ने सिकाउने क्रममा सामान्य बोलचाल हुदै सिद्धार्थ भाई केही अगाडि बढे । कोरियाली युवतीका संवेदनशिल अंगहरुमा आंखा लाउदा लाउदै, यदाकदा नजाने जसरी छुन थाले । युवतीले सामान्य रुपमा हास्दै एक दुई पटक सचेत गराईन, तर किन मान्थे र सिद्धार्थ । एक दिन दिउंसोको खाना खाने समयमा सिद्धार्थको हात ती कोरियाली युवतीको संवेदनशिल अगंमा पुग्यो । कोरियाली युवती पुगिन प्रहरी कार्यालयमा, त्यो पनि सप्रमाण अर्थात लुकेर खिचिएको तश्विर सहित । प्रहरीले केदारलाई बयान गर्न बोलायो । एक दुई चोटी बयान गरेका सिद्धार्थ कम्पनी छाडेर टाप कसे । त्यस पछिका दिनहरु ती भाईको लागि भागमभाग रहयो । बाबु जस्तो साहु पनि शत्रु भयो । साथी भाई सबैले छि छि दुर दुर गर्न थाले । लुकी लुकी हिड्दा नपाउनु दुख पाए । पछि स्थानीय समाजसेवीको सहयोगमा वहांको जसोतसो उद्धार गरी नेपाल पठाईयो ।

 

घटना नम्बर दुई:-

 

गाउं घर संगै भएका उदयपुरका उद्धव र स्याम (नाम परिवर्तन) कोरियामा आए पछि एउटै कम्पनीमा काम गर्न पुगे । सांझ काम सकिए पछि दुवै जना यसो सोजु पिउथे । अविवाहित दुवै जना चिनजान कै सुन्दरीहरुको बारेमा पनि निकै गफ गर्थे । शायद दुवैको मनपराई एउटै थियो कि वा अन्य कुनै ? गफ गाफ कै क्रममा दुवै जना यदाकदा बाझाबाझ पनि गर्थे । बाझाबाझ बढ्दै जांदा मनमुटावमा पुग्न गयो । मन मुटाव कतिखेर शत्रुतामा पुग्यो थाहा नै भएन । एक दिन शनिवार सांझ सबै नेपाली बसेर रमाईलो गर्दै यसो सोजु पिउदै थिए । दुवैमा बाझाबाझ भयो । रिसको झोकमा उद्धवले स्यामलाई चक्कू प्रहार गरे । प्रहार घातक थियो । स्याम अस्पताल लगिए । प्रहरी आएर उद्धवलाई चौकी लग्यो । अहिले चक्कु हान्ने नेपालमा र चक्कू खाने अस्पतालमा छन् ।

 

घटना नम्बर तीन :-

 

नवलपरासीका नेत्र (नाम परिवर्तन) एक दिन सोलको बजारमा घुम्दै थिए । बजार भरि आधुनिक युवतीहरु, आधुनिक बस्त्र धारण गरेर घुम्दै गरेको देखेर दंग परे । यसो आफनो भर्खर किनेको सेकेण्ड ह्याण्ड मोबाईलबाट यी सुन्दरीहरुको चित्र लिएर साथीलाई नेपाल सेण्ड गर्नु पर्यो अनि पो आफू कोरिया बसेको सार्थक हुने भो भन्ने मनमा (कू) विचार जाग्यो । युवतीहरुको तश्वीर लिन शुरु गरे । अब युवतीहरुको तश्वीर लिदा अझ वस्त्रविहिन भागको लिन पाए हुदो हो जस्तो लाग्यो । आफनो विचारलाई व्यवहारमा पनि परिवर्तन गरे । थाहै नपाई प्रहरीले समात्दा पो झस्यांड. भए । यो त गैरकानूनी काम रहेछ । कोरिया आएको १६ महिनामा नै अहिले नेपाल फर्कन पर्यो ।

 

माथि उल्लेख गरिएका सबै घटना सत्य हुन । केवल नाम काल्पनिक हो र यो बिषयलाई मैले सर्वसाधारणको हित तथा सचेतनाका लागि लेखेको हुं । कोरियाली समाजमा कतिपय बिषयहरु अति संवेदनशिल तथा गैरकानूनी छन् । खासगरि यहां यौन दुर्ब्यबहारलाई ( महिलालाई जिस्क्याउनु, अनुमति बिना महिलाको फोटो खिच्नु, कार्यस्थलमा महिलासंग दुर्ब्यबहार गर्नु वा संवेदनशिल अंगमा छुनु, यौनजन्य ईशारा गर्नु ईत्यादि) अपराधको रुपमा लिईन्छ तथा यस्ता कार्य गर्ने व्यक्तिलाई सजाय तथा प्रवाशी भएमा डिर्पोट समेत गरिन्छ । यी र यस्ता कार्यबाट हामी टाढा बस्नु नै हाम्रोलागि हितकारी हुन जान्छ । कुटपिटलाई पनि एउटा जटिल अपराधको रुपमा परिभाषित गरिएको छ । यहां कसैले कसैलाई कुटपिट गरेमा पनि कडा सजाय तथा प्रवाशी भएमा डिपोर्ट समेत हुनु पर्ने हुन्छ । कार्यस्थल लगायत कही कतै, कहिले पनि कसैसंग दुर्व्यहार गर्नुहुदैन । कसैले आफूसंग दुर्ब्यबहार गरे नजिकको प्रहरी चौकीमा उजुरी गर्न सकिन्छ । उजुरी गर्दा उजुरी यथार्थ र प्रमाणयुक्त होस भन्ने तर्फ भने सजग हुनैपर्छ ।

लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...