एनआरएन कोरियाको उपाध्यक्ष पदमा जुनु गुरुङले उमेदवारी दिने
सोल – आगामी सेप्टेम्बर ६ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाचौ अधिवेशनको लागि उपाध्यक्ष पदमा जुनु गुरुङले उमेदवारी घोषणा गरेकी छिन |
बिगत लामो समय देखि समाज सेवामा सक्रिय गुरुङ वोमन फर वोमनकी निबर्तमान अध्यक्ष समेत हुन् | महिला पनि पुरुष सरह नै हरेक क्षेत्रमा सक्षम रहेको र आफुले पाएको जिम्मेवारी बहन गर्न कुनै पनि कसर बाँकी नराख्ने र कोरियाका विभिन्न संघ संस्थामा देखिएको गुट , उपगुट र दलिय घेरावाट टाढै रहेर उमेदवारी दिन लागेकी बताईन |
कोरियामा रहेका नेपाली दिदी बहिनीहरुलाई बिगतदेखि नै गोलबन्द गर्दै आपत बिपतमा परेका चेलीहरुलाई सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि निरन्तर जारी रहने जनाउदै आफु समग्र नेपाली महिलाको हक , अधिकारको लागि लडने पनि बताईन |
एनआरएन जस्तो विश्व भरि छाता संगठन रहेको संस्थाको उपाध्यक्ष पदमा उमेदवारी दिन पाउदा गर्भ लागेको बताउदै आफुले स्वच्छ र पारदर्शी ढंगले काम गर्ने जनाउदै कोरिया रहेका सम्पूर्ण नेपाली समुदाय, ब्यापारी , बुद्धिजीवि , पत्रकार र बिद्यार्थी बर्गमा सहयोगको लागि आग्रह गरेकी छिन ।