संविधानमा कोरियाबाट पठाइएका सुझाव यस्ता छन्
फोनिज कोरिया संवाददाता
सोल-
कमानसिंह लामा, कोरियाका लागि नेपाली राजदूत
मतदाताको मत नीति निर्माण वा निर्वाचनमा के छ भन्ने पत्ता लगाउन निर्वाचन प्रणालीको महत्वपूर्ण भूमिका हुन्छ । मतदान प्रणालीमा मतदानदेखि मत गणना एवं मत परिणाम घोषणा सम्मको प्रकृयामा बढी भन्दा बढी मतदाताको भावनाको प्रतिविम्वीत होस त्यसमा कुनै धााधली नहोस भनी होसियारी पूर्वक व्यवस्थापन गरिइएको हुन्छ । मतदाताको प्रकृति अनुसार सबैले सहजतापूर्ण ढंगले आफूले मन चाहेको उम्मेदवारलाई प्रत्यक्ष मतदान गर्ने प्रकृयामा कतैबाट अवरोध हुन नपाओस भनि त्यसको व्यवस्था निर्वाचन प्रणालीले होसियारीपूर्ण ढंगले गरेको हुन्छ । निर्वाचन स्वच्छ गोप्य र प्रत्यक्ष आम निर्वाचन हुनुपर्छ । वर्ग, लिंग, क्षेत्र, धर्म, जाति, जनजाति, मधेशी साास्कृतिक समूह र समाजमा रहेका सबै दावेदारहरुको जनसंख्याको हिसावले पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व हुने निर्वाचन प्रणालीनै सबैभन्दा उपयुक्त हुने भएकाले संविधानमा यसको ब्यवस्था गनुपर्दछ ।
प्रा. नवराज पन्त, किम्छन विश्वबिद्यालय,
राजनीतिक स्थीरता र तीव्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधनमन्त्री) रहने शासकीय प्रणाली । संविधान सभाले संविधान मार्फत गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्ने । कुन ैपनि बहानामा यी कुराहरुमा संशोधन गर्न नहुने ।
प्रत्येक टोलमा महिला युबा सहकारी सदस्य बुद्धिजिबी आदि समाबेस भएको गाउँ विकास समिति गठन हुनुपर्ने । सामुदायिक बिकास कार्यको योजना गाउँलेले गाउँ सभाबाट बनाउनुपर्ने । गाउँ वा टोलमा हुने सामुदायिक कार्यमा अनिबार्य जन सहभागिता, बिउ पुंजी, गाउँलेको श्रमदान तथा अनिबार्य स्वदेशमा उत्पादित बस्तुमा आधारित सरकारी जिन्सी बजेट मात्र हस्तान्तरण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने । गाउँको सामुदायिक बिकास कार्यमा सरकारी बजेटको हस्तान्तरण गर्न निषेध गर्नुपर्ने र ठेक्कापट्टा गर्न नपाउने व्यवस्था गर्नुपर्ने ।
केपी सिटौला,एनआरएन आईसीसी सदस्य
नेपालको बिकासमा सबल र सकारात्मक भूमिका खेल्न सक्ने (ज्ञान, सीप र पुजी )३५लाख गैर आबासीय नेपालीहरुको मामिलालाई हेर्ने गैर आबाशिय मन्त्रालयको निर्माण र बिदेशबाट भित्रिने रेमिटेन्सलाई देश बिकासको मुख्य हिस्सामा लगाइने कुरा संबिधान मै सुनिश्चित गरियोस ।
बैदेशिक रोजगारमा पठाइएका नेपालीहरुका लागि सरकारी तबरबाटै अनिबार्य बिमाको ब्यबस्था गरियोस। जस्ले गर्दा बिरामी, अङभङ र मृतकको परिवारलाई सहयोगका लागि बिदेशमा चन्दा माग्ने चलनको अन्त्य होस् ।
केपी सिटौला
समानिपातिक निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य चुनिने ब्याबस्थालाई संबिधानबाट हटाइयोस ।
सरकारी कर्मचारी जस्तै राजनैतीक क्षेत्रमा पनि न्यूनत्तम शैक्षिक योग्यता र उमेरको हदबन्धी निर्धारण साथै निर्वाचनका लागि उमेद्धारी दर्ता गराउदै अनिबार्य रुपमा सम्पत्ती विवरण मागियोस । गलत सुचना र चुनावको बेला घुस लिए दिएको अदालले प्रमाणित गरे पदबाट निस्काषित हुने ब्याबस्था होस।
देश बिकासको प्राथमिकतामा परेका राष्ट्रिय र क्षेत्रीय परियोजनाहरु सरकार परिवर्तन भए पनि अनिबार्य रुपमा निरन्तरता दिनैपर्ने कुराको किटान गरियोस । जसका कारण अलिक ठुला बैदेशिक लगानी गर्न चाहनेहरु सरकार सँग विश्वस्त बन्न सकुन ।
यम श्रीस मगर, महासचिब आदिबासी जनजाती महासंघ
आदिबासी जनजातीलाई स्वतन्त्रतापूर्बक राजनैतिक अधिकार निर्धारण गर्न, आथिर्क, सामाजिक तथा साँस्कृतिक बिकास गर्न, पुर्खौली भुमि तथा प्राकृतिक श्रोत साधनको नियन्त्रण, उपभोग , व्यवस्थापन गर्न र स्वयत्तता तथा स्वशासन अभ्याससहित आत्मनिर्णयको हक हुनुपर्दछ ।
जाति वा जातीय समुदायलाई सम्मानपूर्बक बाँच्न पाउने हक हुनुपर्दछ । लैंगिक सन्तुलनसहित राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व प्रणाली लागु गर्नुपर्दछ । आदिबासी जनजातीलाई मातृभाषामा शिक्षा हासिल गर्ने, सूचना प्राप्त गर्ने सरकारी कार्यालय र न्यायिक वा अर्धन्यायिक कारबाहीको जानकारी मातृभाषामा पाउने हक हुनुपर्दछ ।
प्रदेशको नामाकरण र सिमांकन गरेर मात्र संबिधान जारी गर्नुपर्दछ । सिमांकन गर्दा जातीय बसोबासको भौगोलिक निरन्तरता र ऐतिहासिक पहिचान बोकेको क्षेत्र अखण्डताको आधारमा स्पस्ट उल्लेख हुनुपर्दछ । नामाकरण गर्दा सम्बन्धित प्रदेशको ऐतिहासिक पहिचान, भाषा , संस्कृति तथा जातीय जनसांख्यीक एबम भौगोलिक आधारमा स्पस्ट हुनुपर्दछ । कुल जनसंख्याको १ प्रतिशतभन्दा कम जनसंख्या रहेका आदिबासी जनजातिका ऐतिहासिक थातथलो वा सघन बसोबास भएको क्षेत्रलाई स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको स्पस्ट व्यवस्था हुनुपर्दछ ।
जनताबाट प्रत्यक्ष निर्बाचित रास्ट्रपति र संघिय व्यबस्थापिकाबाट निर्बाचित प्रधानमन्त्री हुनुपर्दछ । नेपाल धर्म नीरपेक्ष र राष्ट्रि जनावर गैडा हुनुपर्दछ ।
मल्लिका थकाली, अध्यक्ष,महिलाका लागि महिला
संबिधानमा महिलालाई पुरुष सरह हरेक क्षेत्रमा समान हकको ब्यवस्था हुनुपर्दछ । देशको ५१ प्रतिशत जनसंख्या महिलाको भए पनि हालसम्म बनेका संबिधानहरु महिला मैत्री देखिएका छैनन् त्यसैले अब बन्ने संबिधान महिला मैत्री हुनुपर्छ ।
आमाको नामबाट नागरिकता दिइनुपर्ने, पैतृक सम्पतिमा छोरा सरह समान हक, प्रजनन अधिकार महिलामा सुरक्षित हुनुपर्ने, कुनै पनि राजनीतिक दल दर्ता गर्दा कम्तिमा पनि एक तिहाई महिला सदस्य हुनुपर्ने शिक्षा, स्वास्थ्य, रोजगार जस्ता हरेक क्षेत्रमा महिलालाई अनिबार्य समावेश गराउनुपर्दछ । अझ आदिबासी जनजाती, दलित, मुस्लिम महिलाहरुलाई राज्यमा समान हैसियत राख्ने बनाउन हरेक क्षेत्रमा बिशैष आरक्षणको व्यवस्था संबिधानमै हुनुपर्छ ।
भिम चेम्जोङ, अध्यक्ष किराँत याक्थुङ चुम्लुङ
संविधानको मस्यौदाको भाग १ धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय फूल लालीगुरास, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय
पक्षी डाफे हुनेछ । भनेर उल्लेख गरिएको छ । यसमा मेरो सुझाव निम्न अनुसार रहेको छ ।
संसारको कुनैपनि मुलुकमा धर्मको आधारमा राष्ट्रिय जनवार वा रङ निर्धारण गरिएको छैन । सय भन्दा बढि देशकरुको राष्ट्रिय जनवारबारे अध्ययन गर्दा जुन देशमा लोप हुन लागेका जनवारलाई राष्ट्रिय जनवार निर्धारण गरिएको छ ।
जस्तै कोरियामा सबैभन्दा धेरै ईशाई धर्म मान्नेहरु छन् तर यहाँको राष्ट्रिय जनवार बाघ छ | फेरी धर्म निरपेक्ष राज्य घोषणा गरेपछि राष्ट्रिय जनवार गाई राख्नुको कुनै अर्थ रहँदैन |
तर नेपालमा यसअघि बनेका संविधानमा हिन्दु धर्मलाई आधार मानेर राष्ट्रिय जनवार गाई बनाइन्दै आएको छ । यस अघि ठीक मानिए पनि ठानिए पनि देशमा लोक तन्त्र गणतन्त्र आई सकेर बन्न लागेको गणतान्त्रीक संविधानमा हिन्दु धर्मसंग सम्बन्धित जनवार गाईलाई राष्ट्रिय जनवार निर्धारण गरिनुअन्य धर्म, जातिको सरासर धर्मको उपेक्षा गरिनु हो । त्यसैले धर्म निरपेक्ष राज्य र रेड पाण्डा राष्ट्रिय जनवार निर्धाण हुनुपर्छ भन्नेमेरो राय सुझाव छ ।