Advertisement
SKIP THIS

आफूखुशी लिम्बू भाषा परिवर्तन नगर्न याक्थुङ लेखक संघ कोरियाको आग्रह


याक्थुङ लेखक संघ कोरियाले लिम्बू भाषामा गरिएको परिवर्तनलाई आफूखुशी गरिएको भन्दै विराध जनाएको छ । एक प्रस विज्ञप्ती जारि गदैए संघले लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण(अक्षर)हरु र उप–चिन्हहरु थपेर नयाँ वर्णमाला सार्वजनिक गरीएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ २०७८ शाल माघ १ गते कथित किरात सिरिजङगा लिपि समायोजन विज्ञ कार्यदलको नामबाट हामीले प्रयोग गरिरहेको किराँत सिरिजङ्गा लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण(अक्षर)हरु र उप–चिन्हहरु थपेर नयाँ वर्णमाला सार्वजनिक गरीएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाण्डौँको अँध्यारो कोठामा बसेर आम रूपले स्थापित लिपि निर्माणको सिद्धान्त र मान्यतालाई समेत ख्यालै नगरी लिपिलाई क्षतविक्षत गर्न र लिपिको सौन्दर्य भत्काउन वर्णमालामा हठात केही वर्ण(अक्षर)हरु र उप–चिन्हहरु आफू खुसी थपिनु प्राविधिक रूपले समेत गम्भीर त्रुटि भएको हाम्रो बुझाई छ । लिम्बू(याक्थुङ) भाषाको ध्वनिमा हुँदै नभएको वर्णहरु आफूखुसी निर्माण गर्ने कार्यले भाषा प्रयोगको हिसाबमा समेत जटिलता उत्पन्न हुनेछ ।
नेपालमा बोलिने प्रमुख भाषा मध्ये लिम्बू(याक्थुङ) भाषा र लेखिने प्रमुख लिपि मध्ये लिम्बुहरूको लिपि किरात सिरिजङ्गा लिपि पनि एक हो । हालै लिम्बू(याक्थुङ) भाषालाई प्रदेश नं एकमा सरकारी कामकाजको भाषा सिफारिस गरिएको पनि संघले जनाएको छ । लिम्बू भाषालाई विभिन्न स्थानिय निकायले पनि आफ्नो कार्यलयको भाषा बनाएको, उच्च माध्यमिक तहसम्म पठनपाठन हुने पनि संघले जनाएको छ ।
यस भाषाको माङ्सेबुङ ईलाममा गुरुकुल शिक्षा पद्दति अन्तर्गत मुन्धुम विद्यालय सञ्चालन गरी विशुद्ध लिम्बू(याक्थुङ) भाषा र किरात सिरीजङ्गा लिपिबाट मात्र शिक्षा प्रदान गर्ने कार्य भईआएको छ । लिम्बू(याक्थुङ) भाषा र किरात सिरिजङ्गा लिपि मार्फत साहित्य सिर्जना गरिरहेका, पुस्तक पत्रपत्रिका, अनलाइन प्रकाशन÷प्रशारण गरिरहेका समग्र याक्थुङ स्रष्टा, सर्जकहरुले आफ्नो लिपि आलेखनमा पर्याप्त छलफल र बहस विना केही व्यक्तिहरू को व्यक्तिगत निर्णयको आधारले सार्वजनिक गरिएको वर्णमालाका नयाँ वर्ण(अक्षर)हरु तत्काल प्रयोग नगर्न पनि याक्थुङ लेखक संघले अनुरोध गरेको छ ।

विज्ञप्ती

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...