ताप्लेजुङ डान्सपार्टिको सम्पूर्ण तैयारी पूरा

सेप्टेम्बर १२ मा कोरियाको महान चाड छुसकको पहिलो दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजना गरिएको डान्स पार्टीको तयारी पूरा भएको छ।
नेपालीहरुको बाक्लो जमघट हुने सुवन सिटिमा हुन लागेको उक्त डान्स पार्टीमा पुर्वाञ्चल आइडल प्रकृति थलङको बेजोड प्रस्तुती रहने छ। कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा जानकारी गराउंदै डान्सपार्टिमा भरपूर मनोरञ्जन लिनको निम्ति आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।