आपतकालिन राहत काेष स्थापनार्थ बृहत भेला हुदैं ,छुसक सांगीतिक महा धमाकाकाे अन्तिम पाेस्टर पनि सार्बजनिक

दक्षिण कोरियामा दीर्घकालीन रुपामा आपतकालीन राहतकोष स्थापनार्थ बृहत भेला हुने भएको छ । पछिल्लो समय इपिएस तथा अन्य प्रक्रिया बाट कोरिया भित्रिने नेपालिहरुको संख्या बृद्दी संगै दिनानुदिन समस्याहरु पनि थपिदै गएका छन् । जटिल बिरामी पर्ने , दुर्घटना परि उपचारको लागि आर्थिक अभाब हुने । कतिपय अबस्थामा मृत्यु भएका नेपालीको शव पठाउन समेत आर्थिक अभाब हुने आदि अबस्थालाई मध्येनजर गर्दै यहाँ रहेका नेपालीहरुबीच बृहत छलफल पश्चात स्थाई रुपमा राहतकोष निर्माणको अबधारणाको बिकास गरि सोहि अनुरुप अगाडी बढ्ने उदेश्यका साथ उक्त भेलाको आयोजना गरिएको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् । भेलाले कोरियामा रहेका सम्पूर्ण संघ संस्था संगको छलफल पश्चात एउटा कार्यदल निर्माण गरि दिर्गकालिन राहतकोषको निमित्त प्रक्रिया अगाडी बढाउने अपेक्षा गरिएको छ । उक्त दिन कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी, पत्रकार , बिधार्थी बर्ग ,ब्यावसायी , श्रमिक वर्ग लगाएत सम्पूर्णलाइ उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
कार्यक्रम वारे थप जानकारी – मिति – अगष्ट ११ तारिख २०१९ आइतबार स्थान : प्रवासी मजदुर युनियन (एमटियु) हल. समय – दिउसो १ बजे जाने तरिका : सउल ट्रेन लाइन न ३ Bulgwang (불광) स्टेशन गेट न २
कोरियामा आपतकालीन राहतकोष स्थापनार्थ आउदो सेक्टेम्बर १३ तारिख आयोजना हुदै गरेको छुसक सांगीतिक महाधमाकाको अन्तिम पोस्टर सार्बजनिक गरिएको छ । बिभिन्न सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको उक्त कार्यक्रम वारे थप जानाकारी केहि दीनमा पत्रकार सम्मेलन गरि दिईने आयोजक नेपालीका लागि लागि नेपाली संस्थाले जनाएको छ । कार्यक्रममा पछिल्लो समय निकै लोकप्रिय मानिएका पब्लिक स्पिकर बिजेता तथा प्रस्ट बक्ता रमेश प्रसाईलाइ समेत कोरिया बोलाइएको आयोजकले जनाएको छ ।
बिसेष ख्याती प्राप्त कलाकारहरुमा आधुनिक पप गायक सुगम पोख्रेल , लोक दोहोरि गायक पशुपति शर्मा , लोक दोहोरि गायिका मन्जु पौडेल , बुगीवुगी रियालिटी सो कि बिजेता कबिता नेपाली ,उप – बिजेता प्रगति पुन मगर , आधुनिक पप गायिका टिका प्रासाई , नेपाल आइडल सिजन २ का टप फाइब गायक अमित बराल , हास्य कलाकार सुबोध गौतमलाइ कोरिया ल्याउने तयारी भएको बताइएको छ ।
कार्यक्रमलाइ कोइन शट रेमिट्यान्सले मुख्य प्रायोजन गरेको छ भने , इ नाइन पे रेमिट , जीएमइ रेमिट ,स्टार रेमिट , हानपास रेमिट , , दर्शन नमस्ते रेस्टुरेन्ट , हेप्पिकुक रेस्टुरेन्ट , आगमन रेस्टुरेन्ट, अन्नपूर्ण रेस्टुरेन्ट, थेगु नेपाली सेल्टर , कुमारी भान्छा घर , छाल्लाबुक्दो नेपालि समाज लगाएतले स- प्रायोजन गरेका छन् ।
पछिल्लो समय कोरियामा अन्त्यन्तै आबस्यकताको रुपमा देखिएको आपतकालीन राहतकोष स्थापनार्थ कोरियाको बिभिन्न क्षेत्र बाट अभियान्ताहरु लागि परेका छन् । कोरियामा रहेका अधिकांस नेपालीलाई समेट्ने गरि आयोजना गरिएकोले कार्यक्रम ऐतिहासिक हुनेमा अभियान्ताहरु विश्वस्त छन । त्यस्तै कोरियामा रहेका संघ संस्था ,बुद्दिजीवी, पत्रकार , ब्यावासायीहरुलाई लगाएत सम्पूर्ण नेपालि हरुलाई यस महाभियानमा एकजुट हुन अभियान्ताहरुले सामाजिक संजाल मार्फत अनुरोध समेत गर्दै आइरहेका छन् ।