Advertisement
SKIP THIS

पहिलो पटक दक्षिण कोरियामा नेपाल आइडलको टोली आउने : कार्यक्रम फेब्रुअरी ५ मा


टिभी र युट्युवमा मात्रै हेर्नु भएको नेपाल आइडलका गायिक गायिकासँगै नाँच्न र झुम्न चाहनु हुन्छ भने तँपाईले धेरै दिन पर्खनु पर्ने छैन । सलनालको लामो बिदामा नुवाकोट समाज दक्षिण कोरियाले फेब्रुअरी ५ तारिखमा नेपाल आइडल सिजन २ का कलाकारहरु सहितको कन्सर्ट गर्न लागको हो । तीन नंम्बर प्रदेश एकता समाजको समन्वयमा GME नुवाकोट सांगीतिक सौगात हुने भएको छ । सउलमा आइतबार भएको पत्रकार सम्मेलन कन्सर्टको बरेमा जानकारी दिइएको हो ।
नुवाकोट जिल्लाको बिकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहोयोगार्थ कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सन्तोष राईले बताए । ‘हामी जिल्लाको बिकट क्षेत्रमा सकेको सहयोग गर्न चाहन्छौ । त्यसैले यो कन्सर्ट गर्दैछौ । यसमा दक्षिण कोरिया भरि रहनु भएका सबै नेपालीलाई सलनालको बिदामा रमाइलो गर्न आउन आग्रह गर्छु ।’ उनले भने । ‘दक्षिण कोरियामा पहिलो पटक नेपाल आइडलका कलाकार आउँदैछन् । त्यसैले पनि धेरै साथीहरु उत्साहित हुनु हुन्छ । हामी पनि त्यस्तै उत्साहित छौ ।’ उनले थपे ।
नुवाकोट समाज दक्षिण कोरिया २०१४ मा स्थापना भए पनि बिभिन्न सामाजिक कार्य गर्दै आएको संस्था हो । ‘हामीले ठूला कार्यक्रम नगरे पनि दोङदेमुनमा सेल्टर चलाएका थियौ । नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छौ ।’ निर्वतमान अध्यक्ष तथा संस्थाको सल्लाहकार सोम बाइवाले भने । ‘हामी यो आइडलको कन्सर्टबाट धेरै राम्रो काम गर्ने सोचमा छौ । त्यसैले राम्रो कार्य गर्नेलाई सबैको सहयोग हुन्छ भन्नेमा ढुक्क छौ ।’ उनले थपे ।
नेपालबाट नेपाल आइडलका बिजेता रबि ओड, फास्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारीसंगै नेपाल आइडल सिजन २ का टप ६ का प्रतिस्पर्धी पवन गिरी, चर्चित डान्सर रश्मी तामाङ र हास्य कलाकार तथा लोकदोहोरी गायक पुरुषोत्तम भण्डारी फूर्के बा र मोडल उरुशा जोशीको प्रस्तुति रहने छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जनराज कुँवर, प्रदेश नं.३ एकता समाजका अध्यक्ष किशोर ब्लोन, गैरआबासीय नेपाली संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ लगाएतका दक्षिण कोरियामा रहेका संघसंस्थाले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...