Advertisement
SKIP THIS

तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबलको उपाधी धरान एफसिलाई


लमजुङ एफसी दक्षिण कोरियाले अायाेजना गरेकाे तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले हात पारेकाे छ । छुसकको तेस्रो दिन अर्थात सेप्टेम्बर २५ मा तोङ्दुचन स्थित खेलमैदानमा भएकाे प्रतियाेगीतामा २७ फुटवल क्लवको सहभागिता रहेको लमजुङ एफसीका मेनेजर कृष्ण गुरुङले जानकारी गराए ।

प्रतियोगितामा सहभागी विभिन्न फुटवल क्लबहरू बीच प्रतिस्पर्धात्मक खेल भएकाे थियाे । फाइनलमा लमजुङ एफसि र धरान एफसीले निक्कै प्रतिस्धपधार्धात्मक खेल भएकाे थियाे । निर्धारित समयमा दुबै टाेलीबाट कुनै गोल नभए पछि खेल टाई ब्रेकरमा पुगेकाे थियाे । टाई ब्रेकरमा धरान एफसीले लमजुङ एफसीलाई ३ को बिरुद्ध ४ गोलले पराजित गरि उपाधी आफ्नो कब्जामा पारेकाे थियाे ।

विजेता धरान एफसिले ३० लाख वोन र उपविजेता आयोजक लमजुङ एफसिले १८ लाख वन प्रदान गरिएकाे थियाे ।विजेता र उपविजेता टाेलीलाइ प्रमाणापत्र, ट्रफी र शिल्ड वितरण गरिएकाे थियाे । तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८ को पुरस्कार वितरण नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ ) तथा लमजुङ परिवारका भुपु अध्यक्ष तथा सल्लाहकार अमृत गुरुङद्वारा वितरण गरेका थिए । खेल प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा लमजुङ एफसिका जलक तामाङ, उत्कृष्ट गोल रक्षक धरान एफसीका विनोद खतिवडा र सर्वोत्कृष्ट गोल कर्ता लमजुङ एफसीका क्याप्टेन रमेश गुरुङ भएका थिए । त्यस्तै तोङ्दुचन महानगरपालिकाका प्रमुख ( मेयर)द्वारा कोरियाको ईतिहासमा नेपाली फुटबल क्षेत्रमा योगदान पुर्याउने नेपाली व्यक्तित्वहरु मध्ये ईन्द्र गुरुङ र होम घलेलाई सम्मान गरेका थिए । तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८ भव्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक , भौतिक र नैतिक रुपमा सहयोग गर्नेहरुप्रती लमजुङ एफसीका खेल संयोजक जित बहादुर गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...