Advertisement
SKIP THIS

ताप्लेजुङको घुन्सामा हाम्रो जमर्को नेपाल कोरियाको सहयोग


सोल

जमर्को नेपाल दक्षिण कोरियाले घुन्सा स्वास्थ्य चौकी भवन निर्माण अभियानलाइै सोमबार नगद रू ५० हजार ५ सय ५५ रूपैया सहयोग रकम हस्तान्तरण गरेको छ।

रकम सस्थाका अध्यक्ष राम चन्द्र राइै र सदस्य नेत्र माबोले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । यस अघि जमर्कोले राष्ट्रिय आविष्कार केन्द्रीलाई एक कार्यक्रम आयोजना गरि रु १ लाख ५१ हजार रुपियाँ सहयोग गरेको थियो ।

सोही गाउँकी सञ्चारकर्मी तथा स्टेज कार्यक्रम संचालिकाको रुपमा परिचित याङजोम शेर्पाको पहलामा केहि समय देखि घुन्सामा स्वास्थ्य चौकी भवन निर्माण अभियान संचालन गरिएको छ । दुई वर्षअघि गाउलेको सहयोगमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी दुई स्वस्थ्यकर्मीबाट सेवा प्रदान गरिदै आएका छन् । तर भवनको अभावका कारण स्थानिय निम्न माध्यमिक बिद्यालयको एउटा कोठाबाट स्वास्थ्य इकाई सञ्चालन भइरहेको छ ।

सोही इकाईलाई स्वास्थ्य चौकीमा परिवर्तन गरी आफ्नै भवनबाट सेवा दिने लक्ष्य लिएर सहयोग अभियान संचालन गरिएको छ । भवन निर्माण गर्न आवश्यक ४० लाख रूपैया संकलन नभएसम्म अभियान जारी राख्ने उनको भनाइ छ ।

आठ वर्षकै उमेरमा आमा गुमाएकी शेर्पाको आमको भाइलाई जन्म दिदा प्रसव पीडामा छटपटीएर निधन भएको थियो । सो गाउमा यसैगरी थुप्रै महिलाहरुले उपचारको अभावमा ज्यान गुमाउदै आएका छन् । आमा गुमाउनु परेको पिडालाइ शक्तिमा बदल्दै त्यहि ठाउमा जसरी पनि स्वास्थ्य चौकी निर्माण गर्ने लक्ष्य लिएर उनी अभियानमा जुटेकी छिन् ।

तिब्वतसगं सिमाना जोडिएको घुन्सा ताप्लेजुङ सदरमुकामबाट चार दिनको पैदल यात्रापछि पुगिने जिल्लाको विकट गाँउ हो । जहाँ स्वास्थ्य सेवा तथा उपचार नपाएर धेरैको ज्यान जाने गरेको छ ।

यस अभियानमा सहयोग गर्न चाहनेहरुले निम्न बैंक एकाउन्टमा रकम जम्मा गर्न सक्नुहुनेछ ।
सहयोगका लागि
नेपाल इन्भेष्टमेन्ट बैंक खाता नं।
०१२०५०८०३४१९८१
फोन न।( ९८४१८९७६१३

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...