Advertisement
SKIP THIS

बुसानमा यलम्बर, सोलमा सुम्निमा आउदै


फोनिज कोरिया सम्वाददाता
रोजगारको राम्रो गन्तव्य मुलुक दक्षिण कोरिया । ३० हजार भन्दा बढी नेपालीहरुको संख्या । त्यसैले त सार्वजनिक बिदाका दिनदेखि कोरियाको महान चाडपर्वमा नेपाली संघसंस्थाहरुलाई भ्याइनभ्याइ हुन्छ विभिन्न सामाजिक क्रियाकलाप वा साँगीतिक कार्यक्रमहरु पस्कन । सोही अन्तर्गत कोरियन नयाँ बर्ष तथा महान चाड सलनालको अवसर पारेर किरात राई यायोख्खा दक्षिण कोरिया सोलले सुम्निमा सांगीतिक सौगात भाग तीन र बुसानले यलम्बर सांगीतिक सौगात भाग एक कार्यक्रमको आयोजना गर्दै छ ।

“देश बिकासको मुख्य आधार, शैक्षिक क्षेत्रमा सुधार ” भन्ने नाराको साथ नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शैक्षिक बिकासमा सहयोगको निम्ति किरात राई यायोक्खा बुसान द.कोरियाले यहि जनवरी 27 मा कोरियन चाड सलनालको अबसर पारेर नेपालको ख्यातिप्राप्त कलाकारहरुको साथमा आयोजना गर्न गइरहेको बृहत् साङ्स्कृतिक कार्यक्रम “यलम्बर साङ्गितिक सौगात भाग-एक” लाई भब्यताका साथ सफल पार्न आयोजकले आग्रह गर्दै भनेको छ,’यहाँसङ्ग किराया बुसान आर्थीक, भौतिक र नैतिक सहयोगको भरपुर आसा गर्दछ । यहाँले गर्नु भएको सहयोगको हामी उच्च मुल्याङ्कन र सम्मानका साथ उल्लेखित ठाउसम्म पुर्याउने बाचा गर्दछौ ।’

किराँत राई यायोक्खा सोल दक्षिण कोरियाले “दीर्घकालीन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ” सलनालको दोस्रो दिन अर्थात जनवरी २८ मा बृहत् सुम्निमा सांगीतिक सौगात भाग-३ कार्यक्रम गर्ने भएको हो ।

कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दो सँगै बिभिन्न समस्याहरु पनि बढिरहको छ बिशेष त कम्पनी परिबर्तनको बेला बसको अशुबिधालाई मध्य नजर गर्दै बिरामी र महिलाको लागि छुट्टा/छुट्टै कोठा भएको ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माणको लागि सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको हो । कोरियामा सेल्टरहरु धेरै भए पनि बिरामी र महिलाको लागि छुट्टै ब्यबस्थित र सुबिधाजनक सेल्टर कम भएकोले यस्तो सेल्टरको निर्माण गर्न लागेको आयोजकले जनाएको छ । आयोजकका अनुसार किराती संस्कृति सम्वन्धीको कलाकृति, भेष भूषा र बाजागाजाहरु पनि सँगै राखिने भएको हुँदा सुम्निमा घरको नामकरण गरिएको हो ।

मनोरञ्जनसहित सामाजिक कार्यका लागि आयोजना गरिएको उक्त सांगीतिक कार्यक्रमका लागि सहयोग संकलन अभियान पनि चलिरहेको छ । उक्त कार्यक्रमका दर्शकहरुलाई भर पुर मनोरञ्जन दिन नेपालका चर्चित तथा नव प्रतिभाका कलाकारहरु आउने भएका छन । जसमा अहिलेका बहु चर्चित भर्सलटाईल गायकका उपाधी पाएका राजेश पायल राई, स्वीट भोईस मिलान आमात्य, चर्चित लोक गायिका तथा उदघोषिका कोमल ओली, चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, दोहोरी गायिका प्रीति आले मगर, चर्चित डान्सर तथा मोडेल रंजीता लिम्बु, चर्चित गायिका कला राई, र अन्य नव प्रतिभाका कलाकारहरु मीना राई, भीम लिम्बु, राजेश राई रहेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...