कोरियामा ‘सुकमान लुङ्बा उपचारार्थ आर्थिक संकलन अभियान’ सुरु
फोनिज कोरिया सम्वाददाता
सौल, नेपाल तामाङ संघ दक्षिण कोरियाले विगत तीन हप्तादेखि इन्छनस्थित यंसे सेब्रान्स अस्पतालमा कृतिम श्वासप्रश्वास दिएर आइसियु मा राखिएको एक नेपाली युवाको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरेको छ । चितवन जिल्ला जगतपुर ७ निवासी सुकमान लुङबाको अचेत अवस्थामा उपचार भइरहेको छ । अस्पतालबाट उनको उपचार खर्चको बिल पनि धेरै आइसकेको र अझै उपचार खर्च धेरै लाग्ने हुँदा बिरामी लुङबाको जीवन रक्षाको लागि ‘सुकमान लुङबा उपचारार्थ आर्थिक संकलन अभियान’ सुरु गरिएको नेपाल तामाङ संघ दक्षिण कोरियाले जनाएको छ ।
रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका बिरामी लुङबाको मुखबाट रगत निस्किएर बाटोमा ढलिरहेको अवस्थामा कोरियनहरुको सहयोगमा अस्पतालमा पुर्याएको थियो । हालसम्म अचेत अवस्थामा रहेका लुङबाको सहयोगार्थ कोरियामा रहेका विभिन्न संघसंस्था, संघसंस्थाका प्रतिनिधि, विभिन्न पेशामा आवद्ध नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, सामाजिक अभियन्ता, बुद्धिजिवि, ब्यापारी, पत्रकार, विद्यार्थी सबैलाई तल दिइएको व्यक्तिको बैंक खातामा स्वेच्छिक रकम जम्मा गरी सहयोग गरिदिन नेपाल तामाङ संघले आग्रह गरेको छ ।
बैंक खाता नं. 49101449701010 라마 (Lama Manoj) IBK Bank
Code No. : 003
सम्पर्क नं. 01059274460 ( मनोज लामा )
सम्पर्क व्यक्तिहरु:
उईनासिङ वाईवा ( अध्यक्ष ):01056682035
प्रकाश ब्लोन ( उपाध्यक्ष ): 01042831180
मेघप्रसाद वाईवा( महासचिव ): 01059549704
राजु घल्तेन (सचीव ):01029455587
स्नेह लामा ( सचिव): 01040578549
त्यसैगरी बिरामी सुकमान लुङ्बालाई गरेको आर्थिक सहयोगको नामावली तामाङ संघ दक्षिण कोरियाको आधिकारिक फेसबुक बेजबाट दैनिक रुपमा सार्वजनिक गरिने भएको छ । त्यसैले सहयोग गर्नेहरुले आफ्नो पूरा नाम, ठेगाना र सहयोग रकम कमेन्ट वक्समा टिपाइ दिनुहुन पनि अनुरोध गरेको छ ।