बुसानमा सायद -२ चलचित्र आउदै


फोनिजकोरिया सम्वाददाता
बुसान, कोरियालि नया बर्स सलनालको अवसर पारेर जनवरी २९ सलनालको तेश्रो दिन सुदुरपश्चिम समाज बुसानले बुसानमा बहुप्रतिक्षित चलचित्र सायद 2 प्रदर्शन गर्ने भएको छ । गरीब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ प्रदर्शन हुने सायद 2 सउल लगायत कोरियाका अन्य शहरहरुमा पनि प्रदर्शन मिति छिटै तय गर्ने तयारी भइरहेको सहदेव भट्टले जानकारी गराउनु भएको छ ।
दुर्गिश ब्यानर निर्मित, पुश्पराज न्यौपाने निर्देशित सायद 2 मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की र सुनिल रावलको मुख्य भुमिका रहेको छ ! यो भन्दा पहिले सायद, हस्टेल, हस्टेल रिटन्स जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गिश ब्यानरले सायद 2 को प्रीमियर जनवरी २ मा हङकङमा गर्दै छ भने अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, क्यानडा, अमेरिका, पोर्चुगल लगायत देशहरुमा प्रदर्शन गर्दै चैत्रमा नेपाल भरी प्रदर्शनमा ल्याउने निर्माता सुनिल रावलले जानकारि दिनुभएको छ ।
एकपछी अर्को सफल चलचित्र निर्माण गरिरहेको दुर्गिश ब्यानरले आगामी चलचित्र “लाउरे” को लागि “छड्के” निर्देशक निगम श्रेष्ठलाई नेपाली चलचित्र इतिहासमै अहिले सम्मकै उच्च पारिश्रमिक रु १७ लाखमा अनुबन्धित गरेर चर्चामा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...