Advertisement
SKIP THIS

बुसानमा सायद -२ चलचित्र आउदै


फोनिजकोरिया सम्वाददाता
बुसान, कोरियालि नया बर्स सलनालको अवसर पारेर जनवरी २९ सलनालको तेश्रो दिन सुदुरपश्चिम समाज बुसानले बुसानमा बहुप्रतिक्षित चलचित्र सायद 2 प्रदर्शन गर्ने भएको छ । गरीब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ प्रदर्शन हुने सायद 2 सउल लगायत कोरियाका अन्य शहरहरुमा पनि प्रदर्शन मिति छिटै तय गर्ने तयारी भइरहेको सहदेव भट्टले जानकारी गराउनु भएको छ ।
दुर्गिश ब्यानर निर्मित, पुश्पराज न्यौपाने निर्देशित सायद 2 मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की र सुनिल रावलको मुख्य भुमिका रहेको छ ! यो भन्दा पहिले सायद, हस्टेल, हस्टेल रिटन्स जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गिश ब्यानरले सायद 2 को प्रीमियर जनवरी २ मा हङकङमा गर्दै छ भने अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, क्यानडा, अमेरिका, पोर्चुगल लगायत देशहरुमा प्रदर्शन गर्दै चैत्रमा नेपाल भरी प्रदर्शनमा ल्याउने निर्माता सुनिल रावलले जानकारि दिनुभएको छ ।
एकपछी अर्को सफल चलचित्र निर्माण गरिरहेको दुर्गिश ब्यानरले आगामी चलचित्र “लाउरे” को लागि “छड्के” निर्देशक निगम श्रेष्ठलाई नेपाली चलचित्र इतिहासमै अहिले सम्मकै उच्च पारिश्रमिक रु १७ लाखमा अनुबन्धित गरेर चर्चामा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...