कोरियामा अन्तराष्ट्रिय प्रवासी मजदूर दिवस मनाइदै


फोनिज कोरिया सम्वाददाता
सउल, अन्तर्राष्ट्रिय प्रवासी मजदूर दिवसको अवसर पारेर कोरियामा रहेका प्रवासी मजदूरहरुले डिसेम्बर १८ तारिख आइतबार प्रवासी मजदूर दिवस मनाउने भएका छन् । प्रवासी मजदूर संगठन (एमटियू)ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सबै प्रवासी मजदूरलाई सहभागी भइदिन पनि आग्रह गरेको छ ।

कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकार सुनिस्चित गर्दै उनीहरुको समानता र समस्या समाधानकोलागि संघर्ष गर्न सबै प्रवासी मजदुरहरुलाई संगठित गराउन  स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले “कोरियामा १० लाख प्रवासी मजदुर युगको शुरुवात सबैलाई समान मानब तथा मजदुर अधिकार” भन्ने नाराका साथ प्रवासी मजदूरहरुको हक अधिकारको बारेमा आवाज उठाउदै आएको छ । एमटियुले कोरियन सरकार समक्ष सबै प्रवासी मजदुरहरुको स्वईच्छाले कम्पनी परिबर्तन गर्न पाउने अधिकारलाई मान्यता दिनु पर्ने, काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने, कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनुपर्ने लगाएतका मागहरु राख्दै आएको छ ।

प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढि अवधि लगातार काम गर्न पाउनु पर्ने, ईपिएसको मजदुरले कोरियामै थेजिकगुम पाउनु पर्ने, कृषि क्षेत्रको प्रवासी मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने, प्रवासी मजदुरलाई सम्भाब्य अपराधीको संग्या दिन बन्द गर्नु पर्ने, ईपिएसलाई डब्लुपिएसमा परिबर्तन गर्नुपर्ने लगायतको बिभिन्न मागहरु राख्दै अन्तराष्ट्रि्य प्रवासी मजदुर दिबस भब्य रुपमा मनाउन गइरहेकोले सबै देशको प्रवासी मजदुर, बिभिन्न संघ सस्थाको पदाधिकारीहरु, बुद्घिजिबि, पत्रकार ,बिद्मार्थी साथै सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरु सउलको ख्वाङह्वामु हेचि पार्क, रेल लाइन नं ५ ख्वाङह्वामुन स्टेसन गेट नं 9 मा दिनको २ बजे सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरेको छ ।

बिश्वको प्रवासी मजदुरहरुलाई साधारण कामदारको रुपमा मात्र नलिएर त्यो देशको मजदुर सरह समान अधिकार दिनु पर्छ भन्ने कुरालाई जोड दिदै सन २००२ डिसेम्बर ४ तारिक संयुतराष्टसंघले प्रत्येक बर्ष डिसेम्बर १८ तारिक अन्तराष्ट्रिय प्रवासी मजदुर दिवसको घोषणा गरेको थियो। यसै अनुसार बिश्वभरिको प्रवासी मजदुरहरुले प्रत्यक बर्ष डिसेम्बर १८ तारीक अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै आईरहेका छन।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...