Advertisement
SKIP THIS

कोरियामा अन्तराष्ट्रिय प्रवासी मजदूर दिवस मनाइदै


फोनिज कोरिया सम्वाददाता
सउल, अन्तर्राष्ट्रिय प्रवासी मजदूर दिवसको अवसर पारेर कोरियामा रहेका प्रवासी मजदूरहरुले डिसेम्बर १८ तारिख आइतबार प्रवासी मजदूर दिवस मनाउने भएका छन् । प्रवासी मजदूर संगठन (एमटियू)ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सबै प्रवासी मजदूरलाई सहभागी भइदिन पनि आग्रह गरेको छ ।

कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकार सुनिस्चित गर्दै उनीहरुको समानता र समस्या समाधानकोलागि संघर्ष गर्न सबै प्रवासी मजदुरहरुलाई संगठित गराउन  स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले “कोरियामा १० लाख प्रवासी मजदुर युगको शुरुवात सबैलाई समान मानब तथा मजदुर अधिकार” भन्ने नाराका साथ प्रवासी मजदूरहरुको हक अधिकारको बारेमा आवाज उठाउदै आएको छ । एमटियुले कोरियन सरकार समक्ष सबै प्रवासी मजदुरहरुको स्वईच्छाले कम्पनी परिबर्तन गर्न पाउने अधिकारलाई मान्यता दिनु पर्ने, काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने, कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनुपर्ने लगाएतका मागहरु राख्दै आएको छ ।

प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढि अवधि लगातार काम गर्न पाउनु पर्ने, ईपिएसको मजदुरले कोरियामै थेजिकगुम पाउनु पर्ने, कृषि क्षेत्रको प्रवासी मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने, प्रवासी मजदुरलाई सम्भाब्य अपराधीको संग्या दिन बन्द गर्नु पर्ने, ईपिएसलाई डब्लुपिएसमा परिबर्तन गर्नुपर्ने लगायतको बिभिन्न मागहरु राख्दै अन्तराष्ट्रि्य प्रवासी मजदुर दिबस भब्य रुपमा मनाउन गइरहेकोले सबै देशको प्रवासी मजदुर, बिभिन्न संघ सस्थाको पदाधिकारीहरु, बुद्घिजिबि, पत्रकार ,बिद्मार्थी साथै सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरु सउलको ख्वाङह्वामु हेचि पार्क, रेल लाइन नं ५ ख्वाङह्वामुन स्टेसन गेट नं 9 मा दिनको २ बजे सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरेको छ ।

बिश्वको प्रवासी मजदुरहरुलाई साधारण कामदारको रुपमा मात्र नलिएर त्यो देशको मजदुर सरह समान अधिकार दिनु पर्छ भन्ने कुरालाई जोड दिदै सन २००२ डिसेम्बर ४ तारिक संयुतराष्टसंघले प्रत्येक बर्ष डिसेम्बर १८ तारिक अन्तराष्ट्रिय प्रवासी मजदुर दिवसको घोषणा गरेको थियो। यसै अनुसार बिश्वभरिको प्रवासी मजदुरहरुले प्रत्यक बर्ष डिसेम्बर १८ तारीक अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस मनाउदै आईरहेका छन।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...