धौलागिरी सांगीतिक कार्यक्रमका कलाकार कोरिया आइपुगे
फोनिज कोरिया संवाददाता
सउल
बाग्लुइ० सम्पर्क समिति दक्षिण कोरियाले भोलि (सेम्टेम्बर १५ तारिख ) आयोजना गर्न लागेको धौलागिरी सांगीतिक सौगात भाग ३ का कलाकारहरु नेपालबाट बुधबार कोरिया आइपुगेका छन् ।
नेपालबाट आउने कलाकारमा चर्चित पप गायक अनिल सिंह, गायिका मेलिना राई, हाँस्य कलाकार जितु नेपाल , नायिका रिस्मा गुरुइ० , गायक रामकृष्ण बम मल्ल रहेका छन् । साथै गायक तथा संगीतकार योगेशकाजी, लोकदोहोरी गायिका तथा बेली डान्सर प्रिति आले र लोक गायक प्रकाश सपुत भने व्यस्तताका कारण विहिबार विहान कोरिया आउने आयोजकले जनाएको छ ।
कलाकारहरुलाई स्वगत गर्न समितिका अध्यक्ष यम श्रीस मगर, सल्लाहकार दिपक पुन, एनसिसिका बरिष्ठ उपाध्याक्ष अञ्जु केसी, लागतका टोली इन्छन अन्तराष्ट्रिय विमान स्थलमा पुगेका थिए । कोरिया आइपुगेका कलाकारहरुले विहिबार धौलागी सांगितीक सौगात हर्न आउनुहुन सबैलाई आग्रह गरेका छन् ।
बाग्लुइ० जिल्लाको विकट ठाउँका शिक्षा र स्वास्थ्इमा सहयोग गर्ने उद्येश्य सहित सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ । कार्यक्रम दोइ०देमुनबाट १५ मिनट पैदल हिडेर पुग्ने ठाउँ छोइरो ओगा स्थित फेक जुनाम किन्वोमग्वानमा हने र ठिक १ बजे कार्यक्रम शुरु गरिने आयोजकले जनाएको छ ।