छुसकमा नाचन ठुली डान्स पार्टी हुने


फोनिज कोरिया सम्वाददाता
सउल, छुसक तथा सलनाल जस्ता कोरियाको महान चाडमा लामो बिदा हुने भएकोले पनि कोरियामा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् । विभिन्न संघसंस्थाको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसहित सांगीतिक कार्यक्रमका साथमा डान्सपार्टी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना गरिदै आएको छ । यहि क्रममा विगत २०११ एडी बाट डान्स-पार्टी अायोजकको रुपमा अाफुलाई स्थापित गराईसकेको एक मात्र युवाहरुको समूह “Nepz Party Rockers In Korea-NPRIK” ले भने पहिलोपटक नेपाल बाट Sexy Female dj – DJ Zenny को साथमा  नाचन ठुली डान्स पार्टी (भाग-२) पार्टी अायोजना गर्ने भएको  छ ।

मनोरन्जनको लागि अायोजना गरिने डान्स-पार्टीहरु  व्यापारिक शैलीमा अायोजना हुन थाले पछि डान्स-पार्टीको अस्तित्व घट्दै गएको महशुश गर्दे अझ उत्कृष्ट शैलीमा अायोजना गरि सदा झैं यसपटक पनि नयां स्वाद पस्किने प्रयत्नका साथै नेपाली डिजे कलाको उत्साह / सम्मान तथा उत्थान गर्नका निम्ति नेपाल बाट नै डिजे झिकाईएको NPRIK का म्यानेजर सुमन केसी  बताउँछन् । 

पहिले अायोजना गरिएको हलहरु भन्दा अझै उत्कृष्ट हल खोज्दै जांदा यश पटक स्थान Dhapsimni Station सम्म पुगेको छ । नेपालबाट डजे झिकाईने भएको हुंदा सुविधा सम्पन्न नाइट क्लब “Mohaksan Night Club”मा पार्टी अायोजना गरिने र उक्त क्लब १५ को लागि खाली नभएको हुंदा १४,सेप्टेम्बर ( छुसकको पहिलो दिन) तारिखमा अायोजना गरिने भएको  NPRIK का सचिव शालिक बस्नेतले जानकारी गराएका छन् । उनका अनुसार करिब ८०० वटा सोफा सिट्सहरु भएको उक्त हलमा ३००/४०० मानिसहरु एकै साथ नाचेर झुम्न सकिने डान्स फ्लोर रहेको छ । हल भित्र नै ATM को सुविधा रहेकोले सुबिधामा थप भएको छ ।

सानदार स्टेज रहेको यो क्लब अाज सम्मकै नेपाली पार्टीहरु अायोजित भएका हलहरु मध्येकै उत्कृष्ट क्लब/हल रहेको अायोजकको दाबी रहेको छ । अनावश्यक कहल-झगडा रोकथामको लागि Volunteer साथीहरु संगै कोरियन Bouncer को पनि उपस्थिति रहनेछ । नेपाल बाट अाउनुहुने महिला डिजे – DJ Zenny को लाईभ म्युजिक संगै थप मनोरन्जनको लागि सांगितिक जगतमा कोरियामा अाफ्नो पहिचान बनाईसकेका धराने साथीहरुको समूह ASTITWA BAND को पनि लाईभ प्रस्तुति रहने भएको छ भने बिचमा RAP BATTLE पनि हुनेछ जसको लागि ईच्छुक साथीहरुले सेप्टेम्वर १२ सम्म सम्पर्क गर्न सक्नुहुनेछ । साथमा सदा झैं  अाफ्नो ईच्छा अनुसारको पेय पद्दार्थ/खानाको व्यवस्था गराईनेछ । 

कार्यक्रम स्थल जानको लागि ट्रेनमा  Line no.5 भएर Dhapsimni station मा झरी Gate no. 4 बाट निस्किएपछि १५० मिटर जतिको पैदल यात्रामा एउटा चोक अाउंछ , त्यसैको दायाँ मोडमा Mohaksan Night Club रहेको छ । Taxi मा जान चाहनुहुन्छ भने दिईएको Navigation देखाई जान सक्नु हुनेछ ( 서울시 동대문구 답십리동961-9(무학성) उक्त दिन (१४ तारिख) बेलुकी १० बजे देखि राति २ बजे सम्म दोङ्देमुन ३ नं गेट अगाडि Bus को व्यवस्था समेत गरिएको छ । त्यस्तै फेसबुकमा Nepz Party Rockers In Korea सर्च गरि मेसेज गर्न गर्न सकिने छ । अन्य पनि डान्स पार्टीहरु भएको हुंदा , NPRIK लाई विश्वास गरि माया गर्नुहुने साथीहरुले NPRIK को यसपटकको PARTY VENUE नयां तथा FEMALE DJ पनि नयां भएको हुंदा  माथि दिइएको जानकारीलाई अाधार मानी पार्टीमा उपस्थिति जनाई सफलताको निम्ति सहयोग गरिदिनुहुन NPRIK समूह द्वारा विनम्र अनुरोध गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...