Advertisement
SKIP THIS

दोलखाली समाज कोरियाको अधिबेसन सम्पन्न


गोकुल थोकर

सउल,

दोलखाली समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन  आइतबार सउलमा सम्पन्न भएको छ । दिपेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।  कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष अन्जित खत्री, उपाध्यक्ष जयराम कार्की, महासचिव अंकित कार्की, सचिव पासाङ दावा शेर्पा र कोषाध्यक्षमा  सुभाष भुजेल चयन भएका छन् । सदस्यहरुमा तिर्थराज ओली, टिकाराज घिमिरे, सोङदा दोर्जे शेर्पा, सरोज केसी, नवराज बस्नेत र केदार खतिवडा निर्वाचित भएका छन् ।
अधिबेशनलाई कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैह्र आवासिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्रीले दोलखाली समाजले छोटो समयमै दक्षिण कोरिया र स्वदेशमा धेरै राम्रो काम गरेको बताए । उनले भने ‘संस्थाको कार्यलाई व्यतिगत रुपमा नभइ सामूहिक रुपमा अघि बढे सबैलाई फाइदा हुनेछ ।’ त्यस्तै नेपाल सम्पर्क समिति दक्षिण कोरियाका महासचिव सुन्दर लिम्बुले दक्षिण कोरियामा धेरै नाम मात्रैको संस्था भएको बताए । उनले दोलखाली समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरे ।
कार्यक्रमलाई पत्रकार महासंघ दक्षिण कोरियाका उपाध्यक्ष विकास श्रेष्ठ, आदिबासी जनजाति महासंघ दक्षिण कारियाका अध्यक्ष चित्रबहादुर मोक्तान र दोलखाली समाज दक्षिण कोरियाका संरक्षकहरु लालकाजी बस्नेत, सेरसाङ्बो शेर्पा र सल्लाहाकार शंकर गुरुङले सम्बोधन गरेका थिए ।  कार्यक्रममा समाजको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य निबर्तमान उपाध्यक्ष रामजी श्रेष्ठले गरेका थिए ।
dolakha 1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...