Advertisement
SKIP THIS

राप्ती समाज कोरियाद्धारा बाढी पीडितलाई सहयोग अभियान शुरु


फोनिज कोरिया संवादाता ,
सउल ,

यस बर्षको बाढी पहिरोले हाम्रो प्यारो  भूमि प्युठानमा पारेको अपार क्षतिले अत्यन्तै मर्माहत बनाएको छ । यस महाबिपत्तिमा परि ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सम्पूर्ण घाइते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।साथै शोकसंतप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनि भगवानसंग प्रार्थाना गर्दछौं ।

महाबिपतको यस घडिमा अहिलेसम्म ४२ जना  हाम्रा दाजुभाइ दिदीबहिनी तथा आमा बुबा हरुले ज्यान गुमाइ सक्नु भएको छ,  सयौं घाइते हुनुहुन्छ र हजारौं घरबार बिहिन हुनुभएको छ ।  हामी यो दुःखद् समयमा  भौतिक रुपमा सँगै रहेर दुख:मा साथ दिन नसकेपनि निकै कष्टकर दिनहरू बिताई रहनु भएका उहाँहरुको दुखिरहेको घाउमा मलम लगाउँदै गाँस बास र कपासको ब्यबस्थापनमा सहयोग गर्ने हेतुले हामीले कोरियामा आर्थिक सङ्कलन अभियान चलाएका छौं ।
हाम्रो यस अभियानमा हामीलाई साथ दिनुहुन कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरुमा हार्दिक अनुरोध गर्दछौं ।

सहयोग रकम संस्थाका कोषाध्यक्ष श्री दधिराम पोख्रेलको

बैंक खता नं 3510717119313 NH bank code 11

र बरिष्ठ उपाध्यक्ष निमेष कुमार ओली बैंक खाता  नं 63103106601010 code 003 मा जम्मा गरिदिनुहोला ।

तपाईहरुले जम्मा गर्नुभएको सबै बिबरण राप्ती समाज दक्षिण कोरियाको फेसबुक पेज बाट सार्बजनिक गर्ने छौं ।

जानकारीको लागि –
बिरकुमार वली अध्यक्ष 01021436642
यज्ञमूर्ति पोख्रेल महासचिब 01059594601 र प्रकाश ओली संरक्षक 01066452263 लाई सम्पर्क गर्न सक्नुहुने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...