धौलागिरि सांगीतिक सौगातमा आधा दर्जन कलाकार छनौट ,


 
सज्जन कुमार सिंह
सउल

प्रवासमा  हाम्रो  एकता ,सबैको  प्रतिबद्दता, सामुहिक  लगानी  आजको   आबश्यकता  भन्ने  नाराका  साथ     बागलुङ  जिल्लाको  बिकट क्षेत्रमा   शिक्षा र स्वास्थ्यमा  सहयोग   पुराउने उद्देश्य सहित   बागलुङ   सम्पर्क  समिति  दक्षिण कोरियाले  छुसकको   दोर्सो  दिन  सेप्टेम्बर १५  मा  आयोजना  गर्न  लागेको   धौलागिरि  सांगीतिक   सौगात  भाग ३ का लागि   आधा  दर्जन  बढि  चर्चित  कलाकार छनौट  भएका  छन्  ।
समितिको  बैठकले  सास्कृतिक  कार्यक्रम   भब्य  रुपमा  सम्पन्न गर्न  आधा  दर्जन  बढि  चर्चित  कलाकारलाइ  कोरिया ल्याउन  लागेको   समितिका  अध्यक्ष  यम  श्रीसले  बताए ।
पप,आधुनिक,लोक दोहोरि ,हास्य देखि  चलचित्रका  नायिका र नृत्याङगाना  सहितको   कलाकार छनौट  गरिएको   र  उत्कृस्ट  कार्यक्रमको   तयारि  गरिएको   अध्यक्ष  श्रीसको   भनाइ  छ  ।
जस  अनुसार नेपालका  बहुचर्चित   पप  गायक  अनिल  सिंह   ,  अहिलेकि  चर्चित   गायिका  मेलिना  राई, चर्चित  हास्य  कलाकार  जितु  नेपाल  (मुन्द्रे)  , बहुचर्चित   चलचित्र   कबड्डि कबड्डिकि   नायिका  तथा  नृत्याङ्गना  रिस्मा  गुरुङ  , चर्चित पप  आधुनिक  गायक  योगेश काजी , अहिलेकि ब्यस्त लोकदोहोरी   गायिका  तथा  बेलि  डान्सर  प्रिति  आले  र  अहिलेका चर्चित  लोकदोहोरी   गायक  प्रकाश  सपूत र रामकृष्ण बम मल्ललाई   धौलागिरि  सांगीतिक  सौगात  भाग ३ का  लागि  छनौट   गरिएको  हो  ।

कार्यक्रमको   तयारिलाई  तिब्रता  दिएको   समितिले  जनाएको  छ  । पर्चा  पम्प्लेट ,चिठि  र  निमन्त्रणा कार्ड सबै  तयार  भईसकेको कुरा उपाध्यक्ष अर्जुन थापाले  बताए  ।
कोरियाका नेपालीले  सेप्टेम्बर १५  मा  सबै  बिधाको  मनोरञ्जन   एउटै  मञ्चबाट  पाउने  छन । कार्यक्रम फेक  जुन्योन  किन्योम  ग्वान     (जोंग्नो ओगा   )  सउलमा  हुनेछ ।
कार्यक्रम स्थल  जान  ट्रेन  लाईन  नम्बर १  चढेर जोंग्नो  ओगा   गेट  नम्बर  २  मा  झरि  ५  मिनेट पैदल  हिडेर  कार्यक्रम हल सम्म जान    सकिने छ  त्यस्तै   दोङदेमुन  स्टेशनको   गेट  नम्बर १,२,३  बाट  पैदल हिडेर  १५  मिनेटमा  पुग्न  सकिनेछ ।
सेप्टेम्बर  १५ छुसकको   दोर्सो   दिनमा  कोरियाका  नेपालीहरुले आधा  दर्जन  बढि  रास्ट्रीय   कलाकारको   प्रस्तुतिले  भरपुर  मनोरञ्जन लिने  अबसर पाउने  छन  भने  साथमा  स्थानिय चर्चित    कलाकारको   पनि    बेजाडले  प्रस्तुती  रहने   समितिले  जानकारि  दिएको  छ ।

बागलुङ   सम्पर्क  समिति  दक्षिण कोरियाले   कार्यक्रमको    ब्यानर  पर्चा  र  टिकटलाई   जुलाई ३१  मा  म्याग्दी   भलिबल  प्रतियोगिता  हुने  स्थानमा  गर्ने  छ ।
कार्यक्रम  सफल  पार्न   अध्यक्ष  याम  श्रीसको   संयोजकत्वमा  बागलुङ   जिल्लाभरका  सबै  सदस्य  हुनेगरि  मुल आयोजक  समिति  गठन  गरेको  छ । भने  कार्यक्रमलाई  ब्यबस्थित  गर्न    विशेष  समिति  र  उपसमितिहरु  गठन  गरेको छ । आर्थिक  सहयोग अभियानलाइ  तिब्र  बनाउन  सोमनाथ  शर्माको   संयोजकत्वमा  आर्थिक संकलन  समिति  गठन  गरिएको छ । राजु क्षेत्रीको   संयो जकत्वमा  हल तथा  कलाकार  ब्यबस्थापन  उप  समिति गठन  गरिएको  छ
। बिदुर  शर्माको   संयोजकत्वमा  प्रचार प्रचार  उपसमिति ,अर्जुन  थापाको   संयोजकत्वमा स्वयमसेवक परिचालन समिति  चयन  गरिएको छ । भने  ,अतिथि सत्कार  ,खाजा  ब्यबस्थापन  उप समिति  पनि  गठन गरिएकोछ ।
सांगीतिक  कार्यक्रमलाइ  सफल  पार्न  यहाँ  स्थित  बागलुङबासि , सबै  सामाजिक  संघसंस्था  तथा  सबै  नेपालीहरुलाई दिल  खोलेर  सहयोग  गर्न   समितिले  आग्रह  गरेकोछ ।
२००१ मा  स्थापना  भएको  समिति स्थापना काल देखि नै  कोरियामा  सक्रिय छ ।  समिति
ले  कोरिया तथा  नेपालमा    सक्रिय   रुपमा   विभिन्न  सामाजिक  काम  गर्दै  आई रहेकोछ । नेपालमा स्थापना  काल देखि  शिक्षा  स्वास्थ  ,बिकास  तथा  दैवि  प्रकोपमा  परेका  नेपालीलाइ    लाखौ   सहयोग   गरिसकेकेा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...