बहुप्रतिक्षित चलचित्र गाजालु कोरिया आइपुग्यो । आइतबार सउलमा प्रर्दन गरिने ।


 
 
सोल
अहिलेका सुपर स्टार तथा चक्लेटी नायक अनमोल केसी र मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित बहुप्रतिक्षित चलचित्र गाजलु कोरिया आइपुगेको छ । नेपाल आदिवासी जनाजति महासंघ कोरियाले पर्सी सउलमा प्रदर्शन गर्न लागेको सो चलचित्र आज कोरिया आइपुगेको बरिष्ठ उपाध्यक्ष पवन चाम्लीइ०ले जनाएको छ । आउंदो आईतबार कोरियाको राजधानी सोलमा प्रदर्शन गरिने  चलचित्र गाजलुको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 
” अब नगरौं अज्ञानताको भूल ,हरेक बालबालिका पठाऔँ स्कूल ” भन्ने मूल नाराको साथ नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पुर्ण छात्रबृतिमा आबासीय सुविधासहित डोल्पाको अति बिकट क्षेत्रका बालबालिकाहरु पोखरामा ल्याई शिक्षाको ब्यबस्था मिलाईएको छ । त्यसरी उनिहरुको शिक्षा र स्वास्थ्य सम्बन्धी सहयोग जुटाईँदै आएको र उनिहरुको पढाइ ,लेखाइको सहयोगार्थ स्वरूप नै “गाजलु ” चलचित्र प्रदर्शन गरिन लागेको संस्थाले जनाएको छ । साथै कोरियामा रहेका सम्पुर्ण संङ्घ संस्थाहरु समक्ष प्रत्यक्ष पत्र पुग्न नसकेकोसंस्थाहरुलाई यसै समाचार मार्फत हार्दिक निमन्त्राणा गरिएको छ ।
आइतवार २४ तारिक दिनको ठिक १२ बजे शुरु हुने उक्त कार्यक्रममा उपस्थित भई नेपाली चलचित्रलाई माया गरी हेरिदिएर भरपुर्ण मनोरन्जन लिई दिनुहुन कोरियाबासी सम्पुर्ण बिधार्थी, ब्यापारी , ब्यबसायी , पत्रकार्, श्रमिक , समाजसेवी सवैलाई आयोजकले हार्दिक अनुरोध गरेको छ ।
मिती : २०१६ जुलाई २४ तारिक ,आईतबार्
स्थान : सोल , झोगेसा हल
समय :१२ बजे बाट

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...