एमटियुको प्रशिक्षण कार्यक्रम सम्पन्न


रोशन राई
सोल -प्रवासी मजदुर सङ्घ् (एमटियु) कोरियाले आईतवार सुवोनस्थित कोरियन प्रजातान्त्रीक मजदुर महासङ्घको भवनस्थित पाँचौ तल्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रवासी मजदुर सङ्घ (एमटियु) कोरियाले बिभिन्न १५ मुलुकबाट भित्रीएका मजदुरहरुको हक अधिकार सम्बन्धी  नियम्, कानून साथै प्रवासी मजदुरहरुको समस्याहरुमाथी केन्द्रीत रहँदै आईतबार प्रशिक्षण दिएको हो ।

सन २००५ मा स्थापित एमटियु कोरियालाई , स्थापनाको एक दशक पछी मात्रै गत जुन २५ को दिन कोरियाको सर्वोच्च अदालतले बैधानिकता दिईनुपर्ने सकारात्मक फैसला गर्दै आउँदो दिनहरुमा कुनै पनि कम्पनीका मजदुरहरुले आफ्नो अधिकारबारे कुरा राख्न पाउने तथा अधिकारको निम्ती मजदुर संगठन खोलेर मजदुर कृयाकलाप गर्न पाइने भएको हो |

 

सर्वोच्चले  बैधानिकता दिईनुपर्छ भन्ने एमटियुको पक्षमा फैसला गरेपछिको पहिलो प्रशिक्षण कार्यक्रम एमटियु कोरियाले सुवोनमा गरेको हो । उक्त प्रशिक्षण कार्यक्रममा सुवोन्, किम्पो, फेन्तेक्, गुन्पो,आन्सङ्, ह्वासङ्सी , सोलबाट भब्य रुपले प्रवासी मजदुरहरुले उपस्थित जनाएर मजदुर अधिकार ,नीति,नियमबारे धेरै जानकारी लिएपछी आउने दिनहरुमा आईपर्ने समस्याहरु हल गर्न निकै सहज हुने उपस्थित प्रशिक्षार्थीहरुले वताए ।
 

कार्यक्रम दिनको ठिक दुई बजेदेखी ५ बजेसम्म संचालन भएको थियो ।कार्यक्रममा प्रवासी मजदुर सङ्घ (एमटियु) का अध्यक्ष उदय राईले प्रशिक्षण दिनुभएको थियो , भने अब आउँदो दिनहरुमा यस्तो जानकारीमूलक  प्रशिक्षण कार्यक्रम कोरियाको बिभिन्न ठाउँहरुमा गरिने समेत अध्यक्ष राईले वताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...