Advertisement
SKIP THIS

साउदीमा एक वर्षदेखि ५० नेपाली बन्धक


साउदी (अरब) – साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् ।

 

 

आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले आफूहरुको उद्धारमा कहीँकतैबाट पहल नभएको भन्दै उद्धार गरिदिन आग्रह गरेका छन् ।

 

ती पीडित नेपालीले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक जानकारी गराएको भएपनि दूतावासले सुनुवाइ नगरेको बताएका छन् ।

 

साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रु्प कम्पनी (एमएमजी) मा कार्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो ।

 

रोजगारदाता कम्पनीले आवास अनुमतिपत्र (अकमा) नवीकरण नगरिदिँदा ती नेपाली कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका हुन् ।

 

उद्धारका लागि पटकपटक दूतावासलाई आग्रह गरिएपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन बिताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गरे । ‘दूतावासमा सम्पर्क गर्दा हप्ता दिनमा भइहाल्छ भन्छन्’, उनले भने, ‘तर हप्तादिन भन्दाभन्दै महिनौँ बितिसक्यो, हाम्रो उद्धार हुन सकेको छैन ।’

 

दूतावासले हामीलाई यहाँबाट स्वदेश फर्कने कानुनी व्यवस्था मात्र मिलाइदिए हुन्छ, सरसापट गरेर भएपनि टिकटको व्यवस्था बरु हामी आफँै गर्छौँ । पौडेलका अनुसार हालसम्म दूतावासको पहलमा तीन जना नेपालीलाई मात्र उद्धार गरी स्वदेश पठाइएको छ ।

 

बन्दी जीवन बिताइरहेका नेपालीको पीडाको विषयमा राससले डेढ महिनाअघि समाचार प्रकाशन तथा प्रशारण गरेपछि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा स्वयं उक्त कम्पनीमा पुगेर एक महिनाभित्रै उद्धार गर्ने आश्वासन दिएको भएपनि हालसम्म उद्धार हुन नसकेको पीडितको गुनासो छ ।
बन्धक बनाएर राखिएका पीडित नेपालीले १२ महिनाको तलबसमेत पाउन सकेका छैनन् ।

 

आवास अनुमतिपत्र अकमाको म्याद सकिएपछि स्वतः अवैध ठहर्ने साउदी अरबको कानुनी प्रावधान छ । गैरकानुनी तबरबाट बसेका आप्रवासी कामदारलाई यहाँको प्रहरीले जुनसुकै बेला पक्राउ गरी सिधै जेल चलान गर्ने यहाँको नियम छ ।

 

काम गरेको तलबसमेत नदिएर लामो समयदेखि कम्पनीले यसरी बन्धक बनाएर राख्दा पनि दूतावासले उद्धार गर्न पहल नगरेको झापाका प्रेमबहादुर तामाङले दुःखेसो गरे ।
‘तलब नपाएको पीडाभन्दा बन्धक भएर बस्नुपरेकामा बढी पीडित छौँ’, तामाङले भने, ‘जसरी भएपनि हामीलाई घर फर्कने व्यवस्था मिलाई दिनुपर्‍यो ।’

 

यता कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा दूतावासले पहल गरिरहेको भएपनि रोजगारदाता कम्पनीकै गलत नियतका कारण उद्धारमा ढिलाइ भएको बताए ।

 

‘बन्धक बनाइएका नेपाली कामदारको उद्धारका लागि हामी निरन्तर लागिरहेका छौं’, कार्यवाहक राजदूत शर्माले भने, ‘नेपाली कामदारको उद्धार र स्वदेश फिर्तीका लागि पटकपटक रोजगारदातासँग आग्रह गरेका हौँ ।’

 

तर अब धेरै ढिलाई भइसकेकाले श्रम अदालत र यहाँको प्रहरी प्रशासनको सहयोगमा जतिसक्दो छिटो उद्धार गरिने शर्माले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...