Advertisement
SKIP THIS

ब्लाटर र प्लाटिनी विरुद्ध आठ बर्ष प्रतिबन्ध


विश्व फुटबल जगतका सबैभन्दा ठूला दुई हस्तीहरु सेप ब्लाटर र मिशेल प्लाटिनीलाई खेलबाट आठ वर्षका लागि प्रतिबन्ध लगाइएको छ।
फुटबलको विश्व प्रशासकीय निकाय फिफाको एउटा अनुसन्धानले, सन् २०११ मा सेप ब्लाटरले मिशेल प्लाटिनीलाई भुक्तानी गरिएको बीस लाख डलर रकम अनुमोदन गरेको घटनाका सम्बन्धमा, ति दुवै जनाले आचारसंहिता उलंघन गरेको भन्दै दोषी ठहर्याएको छ।

आफ्नो बचाउ गर्दै ज्युरिकबाट सेप ब्लाटरले भनेका छन् उनी सिद्धान्तनिष्ठ हुन्, उनले आफूले कमाएको भन्दा बाहेक अन्य पैसा लिएका छैनन् र आफू विरुद्धको निर्णयको प्रतिवाद गर्नेछन्।

उनले आफूले फिफाको आचार संहिता छानविन ट्र्याइब्युनललाई फिफाले मिशेल प्लाटिनीलाई तिरेको रकम नियमसम्मत नै रहेको भनेर बुझाउन सफल भएको जस्तो ठानेको बताएका छन्। ति दुई व्यक्तिहरु विरुद्धको प्रतिबन्ध तत्काल लागु हुनेछ।

स्वीस नागरिक ब्लाटर र फ्रान्सका प्लाटिनीलाई क्रमश: ४० हजार र ८० हजार डलर जरिवाना पनि लगाइएको छ।
दुवै जनाले आफूहरुले कुनै गलत काम नगरेको बताएका छन्।

ब्लाटरका प्रवक्ताले उक्त प्रतिबन्ध विरुद्ध स्वीट्जरल्याण्डको लौसानमा रहेको खेलकुद सम्बन्धी विवाद हेर्ने मध्यस्थकर्ता निकाय ‘कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट’ मा समेत जान उनी तयार रहेका बताएका छन्। मिशेल प्लाटिनीले पनि त्यसै गर्ने अनुमान छ।

 

 

सन् १९९८ देखि फिफाको प्रमुख रहंदै आएका ७९ बर्षिय ब्लाटरले आगामी फेब्रअरी अध्यक्ष पदको निर्वाचनसंग पद त्याग्ने घोषणा गरिसकेका छन्।

तीन तीन पटक बर्षका युरोपेली फुटबल खेलाडीको सम्मान पाइसकेका प्लाटिनीलाई फिफाको भावी नेतृत्वका रुपमा हेरिंदै थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...