Advertisement
SKIP THIS

तन बुढो भएपनि मन बुढो हुँदैन !


एजेन्सी –पाका उमेरका जोडी यौनकार्यमा सरिक भएको कुरा सोच्दा पनि दिमागमा विभिन्न तर्क विर्तक आउँछन् होला । यस्तो बुढेसकालमा पनि सेक्स गर्लान र ? भन्ने पनि मनमा लाग्ला । हिँडडुल गर्न मुश्किल पर्ने उमेरमा पनि यौनकार्यमा सक्रिय रहेको सोधले देखाएपछि धेरैलाई ताज्जुब लागेको छ । ‘तन बुढो भएपनि मन बुढो हुँदैन’ भन्ने नेपाली उखान छ नि हो त्यस्तै ७० वर्ष पुगेका जोडीहरु महिनामा दुईपल्ट यौनकार्यमा सरिक भएको अनुसन्धानमा देखिएको छ । तथापी यो सबै बृद्धबद्धामा लागू नहुन सक्छ । किनकी स्वास्थ्य अवस्था, हर्मन, जोडिको चाहना र प्राप्यतामा पनि भर पर्छ । त्यतिमात्र होइन बृद्धबृद्धामा यौन सम्र्पकबाट सर्ने रोग र त्यसका बिरामी, गुप्तांगमा समस्या बढ्ने गरेको तथ्य फेला परेको छ ।

विशेष गरी सन् २००९ देखि २०१३ को अवधिमा यस्ता रोगमा बृद्धि भएको पाइएको हो । सोही तथ्यांकलाई मध्यनजर राख्दै दी कन्र्भसेसनमा एक लेख लेख्दै युनिर्भसिटी अफ शेफिल्डका डा. शारोन हिन्चक्लिफ प्रौढ तथा बृद्धाका बारेमा जोकोही खुलेर यौनसम्बन्धी छलफल गर्नुपर्ने बताउँछिन् ।
आनन्दका लागि हस्तमैथुन र सम्भोगदेखि एसटीआई, उत्तेजित नहुने अवस्था र योनीको सुख्खापनका विषयमा जीवनको उत्तरार्ध विशेष गरी बुढेसकालमा छलफल गर्नु महत्वपूर्ण भएको उनी बताउँछिन् ।
त्यसो त ५० वर्ष काटेका मानिसहरु सम्भोग गरेको तस्बिर बिरलै देखिन्छ । न त त्यति माग नै हुन्छ । सेवानिबृत्ति मानिसहरुको आउँदै गरेको वार्षिक अवसर पारेर ४५ वर्षमा गरेका यौन दृश्यमा आधारित यौनसम्बन्धी दुर्लभ दृश्यसहितको एक चलचित्र पनि यहाँ सान्र्दर्भिक हुन सक्छ । सो चलचित्र हालै बेलायतमा सार्वजनिक भएको थियो ।
चलचित्र र अन्य केही अध्ययनअनुसार ७०, ८० को दशक र त्यो भन्दा बढी उमेर काटेका बृद्धबृद्धाको ठूलै संख्या नियमित यौन कार्य गरेको पाइन्छ । हालैको एक अध्ययन अनुसार ७० वर्ष पुगेका एक तिहाई मानिस महिनामा दुई पटक नियमित यौन सम्पर्क गरेको बताए ।
तसर्थ हामीले यौनका बारेमा किन संकुचित दृष्टिकोण वा खुलेर छलफल नगर्ने ? यसै वर्ष प्रकाशित एक अध्ययन प्रतिबेदन अनुसार आफ्ना जोडी भएका मानिसहरुको जीवन अत्यन्त उच्च भएको पाइयो । जसको एउटै कारण थियो यौन कार्यमा दुबैको सहभागीता, तथापी केही अध्ययनहरुले सामाजिक सम्बन्धलाई पनि उत्तिकै जोड दिएका छन् ।
डेलीमेलका अनुसार पचास वर्ष माथिका मानिसहरुको यौन जीवनको बारेमा गरिएको अध्ययनमा आफूहरु अझै पनि यौनमा लिप्त रहेकाहरुले आफ्नो जीवनलाई निकै महत्व र उच्च मुल्यांकन गर्ने गरेको पाइयो । यौन सक्रियताकै कारण उनीहरुको जीवन निकै रमाईलो भएको पाईयो भने एकल जोडिमा केही निरसता देखियो ।
कतिपय महिलाहरुमा उमेरले नेटो काट्दै जाँदा सम्भोगमा झनै आनन्दित भएको पाइयो । किनकी गर्भवती नहुने सम्भावनाले पनि उनीहरु खुलेर मस्त सम्भोग गरेको बताए । तर, यौनको बारेमा कुरा गरिरहँदा बृद्धबद्धामा यौनजन्य समस्या र रोगहरु देखियो । किनकी यसअघि बेलायतमा एसटीआई र अनावश्यक गर्भवती हुनबाट बच्न युवा युवतीहरुलाई विशेष कार्यक्रम लक्षित गरिए पनि पछिल्लो समयमा भने एसटीआईबाट बृद्धबृद्धा समस्यामा परेको दखियो । जसका कारण बेलायतमा बृद्धबृद्धालाई लक्षित गरी यौनसम्बन्धी सचेतनमुलक कार्यक्रम सञ्चालन गरिन थालिएका छन् । बेलायतको सेक्सुअल हेल्थ विकले बृद्धबृद्धामा यौन आनन्दलाई लक्षित गरी कार्यक्रम नै अयोजना गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...