Advertisement
SKIP THIS

सामाजिक अभियानता रामबाबु सेवानको गीत ‘मरेर लास’ सार्वजनिक


सामाजिक अभियानता रामबाबू सेवानद्वारा लेखिएको गीत ‘मरेर लास’ भिडियाे सहित युटुवमा सार्वजनिक भएको छ । जसमा स्वार राम कृष्ण ढकालको रहेको छ भने संगीत बिबि अनुरागिको रहेको छ ।

पछिल्लो दुई महिना यता नेपालमा कोरोना भाइरसको कारणले कडा लकडाउन भएता पनि नेपाली गीत संगितहरु भने सामाजिक सञ्जालकाे उपयाेग गर्दै सार्वजनिक भैइरहेका छन् । यही समयको बिचमा थुप्रै गीत संगितहरुले चर्चा परिचर्चा पनि पाएका छन् । यसैक्रममा परदेशीएका नेपालीहरुको कथा बेथालाई आधारित बनाएर लेखिएको गीत सार्वजनिक गरेको हो । उक्त गीतमा लेखक सेवान आफैले मोडलिङ गरेका छन् भने भिडियो निर्देशन पनि आफैले गरेका छन् । यसैगरी भिडियोमा चर्चित मोडल सरिका केसी, रोजेन सुन्दास र रामबाबु सेवनको दमदार अभिनय रहेको छ ।

यो गितमा परदेशमा गएर पैसा कमाएपनि सपना पुरा हुन नसकेको कुरा दर्साउन खोजिएको छ। गितमा कम्पनिमा संगै काम गर्ने सहकर्मी पर्सिपल्ट नेपाल फर्किदै गरेकोमा अकस्मात दुर्घटना भएर बिदेशमै मृत्युवर्ण गर्नुपर्दाको दु:खद पल र खुसिका सबै सपना बिदेश मै चकनाचुर भएको दु:खद यथार्थलाई समेटिएको छ ।

बिदेशमा हुने दु:ख, कष्टलाई अभिनय मर्फत ऎना जस्तै छर्लङ्ग पारिएको छ । गीत मार्फत ब्यक्त भएका भावहरु धेरै परदेशी युबाहरुको वास्तविकता पनि हाे । यो गितमा देश भक्ति र देशको मायामापनि समर्पित गरिएको छ । गीत सार्वजनिक भए लगत्तै युटुबमा निकै सकारात्मक प्रतिक्रियाहरु आइरहेका लेखक सेवानले जनाएको छ । गीतलाई ‘रामबाबु अफिसियल’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सामाजिक अभियानताको रुपमा समाजसेवामा सक्रिय सेवान आफै पनि केही महिना अघि दक्षिण कोरियाको रोजगारीबाट फर्किएको हो ।

(भिडियो)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...